१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

सस्पेन्सन मोटरेबल ब्रिज बन्यो ‘सेल्फी स्पट’



खोटाङ । खोटाङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने दुधकोसीको पुल अहिले सबैको तस्बिर खिच्ने÷खिचाउने थलो बनेको छ । पुलको आकर्षक संरचना र ४२ वर्षपछि राष्ट्रिय सडक सञ्जालमा स्थायी रूपमा जोडेकाले पनि पुल सेल्फी खिच्ने वा खिचाउने थलो बनेको हो ।

दुधकोसी पुल वारपार गर्नेक्रममा यात्रुले गाडी रोकेर पुलको तस्बिर लिने गरेका छन् । सर्वसाधारणदेखि दलका नेतादेखि सिडिओ, जनप्रतिनिधि, सांसदसम्मले सो पुललाई पृष्ठभूमिमा राखेर तस्बिर खिचाउँदै सामाजिक सञ्जालमा राख्ने गरेका छन् ।

रिजर्भ गाडी भए एकछिन रोकेर, नभए पनि गाडीबाटै पुलको तस्बिर मोबाइल वा क्यामेरामा कैद गर्ने गरेका छन् । विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन र दिवाकर गोल्छाको हुलास कम्पनीले २०६८ असार मसान्तसम्ममा पूरा गर्ने सर्तमा २०६६ भदौमा पुल निर्माणको जिम्मा लिएको थियो । बीचमा पिल्लर नराखिएको सो पुल अन्य पुलको तुलनामा आकर्षक देखिएको स्थानीय बताउँछन् ।

पुलको बनावट र संरचनाले चीनका नदी तथा खोलामा बनाइएका पुलको झल्को दिन्छ । करिब ११ करोडको खर्चमा ८ मंसिर ०७४ सञ्चालनमा आएको डेढ सय मिटर लम्बाइ भएको दुधकोसी पुलको संरचना दुई किनारमा ठड्याइएको अग्लो दुई पिल्लरले मात्रै थेगेको छ ।

चिनियाँ प्रविधि प्रयोग गरेर दुधकोसीको जयरामघाटमा बनाइएको ‘सस्पेन्सन मोटरेबल ब्रिज’ नेपालकै नमुना र आकर्षक भएकाले धेरैलाई आकर्षित गर्ने गरेको कालिका कन्स्ट्रक्सनका साइड इन्जिनियर सीताराम कार्कीले बताए । ‘जयरामघाटको सस्पेन्सन मोटरेबल ब्रिज नेपालमा भित्रिएको नयाँ प्रविधिबाट बनेको छ,’ कार्कीले भने, ‘पुलको लुक्स अन्य पुलकोभन्दा आकर्षक भएकाले सबैलाई लोभ्याउनु स्वाभाविक हो ।’

सुगम ठाउँमा समेत यस किसिमको नयाँ प्रविधि प्रयोग गरेर पुल बन्न नसकेको अवस्थामा विकट ठाउँमा नयाँ शैलीको पुल बनाउन नेपाल सरकार सफल भएको छ । पहाडी खोला तथा नदीलाई सुहाउँदो संरचना भएको पनि सो पुल आकर्षक देखिएको कार्कीले बताए ।

जयरामघाटको मोटरेबल पुल खोटाङ भित्रिने र बाहिरिने प्रमुख नाका हो । त्रि-धार्मिकस्थल हलेसी आउजाउन गर्ने पर्यटक तथा दर्शनार्थी पनि यही पुलमार्फत नदी वारपार गर्छन् । दैनिक हजारौं यात्रुले वारपार गर्ने पुलको प्रकृति र फरकपन तिनै यात्रुमार्फत मुलुकभर नै फैलिँदो छ ।

लामो समयपछि आफ्नो जिल्ला सडक सञ्जालमा जोडिएकाले पनि दुधकोसीको पुलमा तस्बिर खिच्ने र खिचाउने गरेको प्रदेशसभा सदस्य राजन राईले बताए । ‘लामो प्रतीक्षापछि हामी सडक सञ्जालमा जोडियौं भन्ने सुखद अनुभूतिमा पनि सो पुलमा तस्बिर खिच्ने खिचाउने गरिन्छ,’ प्रदेशसभा सदस्य राईले भने, ‘यस किसिमको नयाँ प्रविधि प्रयोग गरेर बनाइएको नेपालकै दोस्रो आकर्षक पुल भएकाले पनि यसप्रति सबैको चासो जागेको हो ।’

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  ११ : ०६ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से