२० असार २०८३, शनिबार | July 4, 2026

महाधिवेशनमा सभापतिको साझा उम्मेदवार उठाउने कांग्रेस पौडेल पक्षको प्रतिवद्धता



काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा रामचन्द्र पौडेले पक्षले सभापतिको साझा उम्मेदवार खडा गर्ने जनाएको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै पौडेल पक्षले सभापतिमा साझा उम्मेदवार खोज्ने प्रतिवद्धता जनाएको हो ।

भोलिदेखि सुरु हुन लागेको वडा अधिवेशनको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा पौडेल पक्ष निकट सभापतिका आकांक्षी नेताहरु उपस्थित भएका थिए । उनीहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै आफूहरुको तर्फबाट सभापतिमा एउटा मात्रै उम्मेदवार हुने बताए ।

वरिष्ठ नेता पौडेलले भने, ‘हामी एउटै सभापतिको उम्मेदवार दिएर अगाडि बढ्छौं। देशभरिका साथीहरुलाई यसकुरामा आश्वस्त पार्न चाहन्छौं।’ ‘१४औं महाधिवेशनको अन्तिम अवस्थासम्म एकता कायम रहने अपिल गर्छौं,’ उनले भने, ‘सबैको सल्लाहले एउटा सभापतिको उम्मेदवार दिन्छौं।’

पौडेल समुहमा महामन्त्री सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइराला रहेका छन् । पौडेलसहित सबै नेताहरु सभापतिका आकांक्षी हुन् ।

 

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  ४ : १६ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी