६ पुस २०८२, आइतबार | December 21, 2025

मनाङमा दुई महिनादेखि यातायात अवरुद्ध, खाद्यान्नका लागि हेलिकोप्टरको भर



लमजुङ । १ असारको बाढीपहिरोले सडक क्षतविक्षत बनाएपछि हिमाली जिल्ला मनाङमा खाद्य संकट भएको छ । दुई महिना बढी समयदेखि यातायात अवरुद्ध मनाङमा खाद्यान्न लगायत ढुवानी नभएपछि जनजीवन नराम्ररी प्रभावित भएको छ ।

दुई महिना बढी समयदेखि मनाङमा खाद्यान्न हेलिकप्टरमार्फत पुर्‍याइएको छ । यातायात बन्द भएपछि मनाङमा खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्री लैजान पनि हेलिकोप्टरकै भर पर्नुपर्ने मनाङवासीको बाध्यता छ ।

मनाङमा बाढीले क्षतविक्षत बनाएको सडक निर्माण हुन समय लाग्ने भएपछि माथिल्लो मनाङमा खाद्यान्न संकट झन बढ्ने चिन्ता बढेको पर्यटन व्यवसायी विनोद गुरुङले बताए । माथिल्लो क्षेत्र मनाङ ङिस्याङ गाउँपालिकाका विभिन्न गाउँमा कामका लागि पुगेका मजदुरले उपभोग्य वस्तु किन्न पाएका छैनन् । दैनिक उपभोग्य वस्तु अभाव भएको र चामे हुँदै ढुवानी सम्भव नभएपछि माथिल्लो क्षेत्रका वासिन्दाले मुस्ताङ हुँदै थोराङला भञ्ज्याङ पास गराएर आवश्यक वस्तु ढुवानी गरेको गुरुङले बताए ।

थोराङला भञ्ज्याङ पार गराएर खच्चडमार्फत उपभोग्य वस्तु ढुवानी गरिएको छ । मुस्ताङबाट दुईदिनमा खाद्यान्न खच्चडमार्फत टंकी मनाङसम्म झार्न सकिन्छ । हेलिकप्टरको ढुवानी महँगो हुने भएकोले पनि मुस्ताङको बाटो हुँदै खच्चडमार्फत खाद्यन्न ढुवानी गरिएको हो ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार सडक अवरुद्ध हुँदा माथिल्लो मनाङमा हेलिकप्टरको माध्यमबाट खाद्यान्न ढुवानी गरिए पनि पर्याप्त मात्रमा नहुँदा स्थानीयले मुस्ताङबाट खच्चडमार्फत खाद्यान्न ल्याइएको बताए । सरकारले मनाङ जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ८ : ५८ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा