२१ असार २०८३, आइतबार | July 6, 2026

वामदेव गौतमद्वारा एमाले परित्याग



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् ।

उपाध्यक्ष गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङलाई बुझाएका छन् ।

गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर लेखेको राजीनामा पत्र आज साँझ पार्टी कार्यालयमा बुझाएका हुन् ।

गौतम नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । नेकपा विभाजन भएपछि संस्थापन र माधव नेपाल समुहमध्ये कतै नलागी पार्टी एकताको अभियान चलाएका थिए । तर बीचबीचमा पार्टीको संस्थापन पक्षले आयोजना गरेको स्थायी कमिटी बैठकमा भने उनी उपस्थित भएर आफ्ना कुरा राख्दै फर्किने गरेका थिए ।

गौतम तत्कालिन नेकपाको तर्फबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए । उनकी पत्नी तुलसा गौतम प्रतिनिधिसभाका सांसद हुन् ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ६ : ५४ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ