१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कर्णाली प्रदेश सरकारलाई एक करोडको स्वास्थ्य सामग्री सहयोग



भैरहवा । भैरहवास्थित प्रतिमान-नीमा स्मृति प्रतिष्ठानले कर्णाली प्रदेश सरकारलाई एककरोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

बिहीबार एक कार्यक्रमकाबीच प्रतिष्ठानले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले आइसोलेशन गाउन, इमेरजेन्सी रिलिफ बेड, पीपीई सेट, मास्क, डिजिटल थर्मामिटर, ग्लोब्स लगायतका स्वास्थ्य सामग्री मुख्यमन्त्री शाहीलाई हस्तान्तरण गरेकी हुन् ।

अमेरिकास्थित प्रोजेक्ट होपको सहयोगमा हस्तान्तरण गरिएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मुख्यमन्त्री शाहीले विषम परिस्थितिमा प्रदेश सरकारलाई सहयोग गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिए ।

प्रतिष्ठानकी कार्यकारी निर्देशक थापाले कोरोना महामारीको दोस्रो लहरमा संक्रमण न्यूनीकरण गर्न र तेस्रो लहरमा संक्रमणबाट बच्न सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताइन् ।

यस अघि गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले जानकारी दिए ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ७ : ५६ बजे

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया