६ पुस २०८२, आइतबार | December 21, 2025

नेपाली कांग्रेस चितवनको सभापतिमा आठ जना प्रत्यासी



चितवन । नेपाली कांग्रेस चितवनको सभापतिका लागि आठ जना प्रत्यासी चुनावी मैदानमा उत्रिएका छन् ।

जिल्लामा यही भदौ २१ गते वडा अधिवेशन हुँदैछ । जिल्ला समितिका लागि भने आगामी असोज १० गते निर्वाचन हुनेछ ।

जिल्ला सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेपछि उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशीले सभापतिका लागि दाबी गरेका छन् । पूर्वसांसद जगन्नाथ पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरे र वाग्मती प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले सभापतिका लागि उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेका छन् ।

नेपाली कांग्रेसको क्षेत्र नं १ बाट महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं २ बाट राजेश्वर खनाल र क्षेत्र नं ३ बाट विजय भुसालले उम्मेदवारी घोषणा गरेर प्रचार अभियानमा जुटेका छन् ।

जिल्लामा वडा अधिवेशनबाट दुई हजार ९०० क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार जिल्लाका ९८ वटा वडामध्ये २० वटामा निर्विरोध भएको जानकारी आएको छ । अन्य वडामा पनि निर्विरोध गर्ने प्रयास भइरहेको छ । हरेक वडामा सभापतिसहित २७ सदस्यीय कार्य समिति हुनेछ । क्रियाशील सदस्यका आधारमा एउटा वडाबाट १६ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आउने छन् । यही भदौ २७ गते नगर अधिवेशन हुने कार्यतालिका रहेको छ ।

जिल्लामा एउटा महानगरपालिका, एउटा गाउँपालिका र पाँच वटा नगरपालिका छन् । आगामी असोज १ गते प्रदेशको अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेश कार्यसमिति बनाउने छ । त्यस्तै आगामी असोज ५ गते क्षेत्रको अधिवेशन हुनेछ । यसलगत्तै असोज १० गते जिल्ला अधिवेशन हुनेछ । श्रेष्ठका अनुसार जिल्ला समितिले २७ हजार ८५५ क्रियाशील सदस्य सिफारिस गरेकामा केही छुट भएकाको थप भएर आएको छ । कोहीको आउने क्रममा छ ।

जिल्लामा नयाँ मात्र १० हजार ८०७ जना क्रियाशील सदस्य थप भएको हो । पुरानाबाट १७ हजार ४८ जनाले नवीकरण गरेको उनले जानकारी दिए । जिल्लाको निर्वाचन हेर्नका लागि अधिवक्ता कमलमोहन पोख्रेललाई केन्द्रीय निर्वाचन समितिले खटाएको छ । निर्वाचन गर्न प्रजातन्त्रवादी कानून व्यवसायी, शिक्षक सङ्घ र प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सदस्य जुटेका छन् । सबै वडामा प्रतिनिधि तोकिएको छ ।

जिल्ला समिति सभापतिसहित ५० जनाको हुनेछ । जिल्लामा तीन वटा क्षेत्र रहेको छ । देशमा नै क्रियाशील सदस्य बढी भएको जिल्लामध्येमा चितवन पनि पर्दछ ।

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ३ : २८ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या