७ श्रावण २०८३, बिहिबार | July 23, 2026

होसियार ! अनलाइनबाट ठग्ने बढ्दै छन्



काठमाडौं ।

घटना १
४० वर्षीया रीता हमाल ‘नाम परिवर्तन’ अहिले निकै तनावमा छिन् । एकजना भारतीय नागरिकलाई ‘अनलाइन’ मा विश्वास गरेबापत उनी ‘डिप्रेसन’ मा गइसकेकी छिन् । आफ्नो खाता प्रयोग गरेर अरू कसैले ९५ लाख रुपैयाँभन्दा बढी ‘ठगी’ कारोबार गरेपछि रीता मानसिक तनावमा परेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनको भारतमा बस्ने एक युवकसँग चिनजान भयो। उनले नेपाल र भारतमा चल्ने एटीएम आवश्यक परेकाले सहयोग गर्न महिलालाई आग्रह गरे । महिलाले पनि विश्वास गर्दै आफ्नो खाता नम्बर र एटीएम कुरियर गरेर भारतमा पठाइन् । युवकले महिलाको खाता र एटीएम प्रयोग गरेर विभिन्न मानिसहरूलाई ठगी गर्न थाले । महिलालाई समस्या तब आयो, जब खातामा पैसा पठाएका पीडितहरूले उनलाई खोजी गर्न थाले । पैसा माग्दै सम्पर्क गर्न थाले ।

बैंक खातामा अस्वाभाविक रूपमा कारोबार भइरहेको भन्दै प्रहरीले उनलाई सचेत गराएको थियो । उनको विरुद्ध प्रहरीमा उजुरी आउन थालेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार करिब ६र७ महिनामा उनको खातामा ९५ लाख बराबरको रकम अनाधिकृत कारोबार भएको देखिन्छ ।

घटना २
बागलुङ स्थायी घर भई भक्तपुरको सूर्यविनायकस्थित रोज भिलेज कोलोनीमा बस्ने २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसीलाई महाशाखाको टोलीले गत वर्ष साउन ९ गते बुटवलबाट पक्राउ गर्‍यो । ती युवतीले सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत युवाहरूसँग नजिक हुने र बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेकी थिइन् । उनीहरूले आफूहरू अमेरिकाको क्यालिफोर्निया बस्ने भन्दै युवाहरूसँग सम्बन्ध बढाउने गरेकी थिइन् । उनीहरूले युवाहरूबाट ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।

घटना ३
आफूलाई नेदरल्याण्डको नागरिक बताउने एक व्यक्तिले फेसबुकबाट विभिन्न युवतीहरूलाई ठगी गरेका थिए । आफू नेपाल घुम्न आउने, विवाह गर्ने र बहुमूल्य सामानहरू आइफोन, सुनका गरगहना तथा डलरसमेत पठाइदिने प्रलोभन देखाएर उनले ४१ लाखभन्दा बढी रकम ठगी गरे ।

उनले युवती तथा महिलालाई नेपालमा दीपक किशोर श्रेष्ठ र सन्तोष श्रेष्ठको नामको बैंक खातामा र आईएमई गरेर रकम जम्मा गर्न लगाउँथे । ठगिएका पीडितहरूले प्रहरीमा जाहेरी दिएपछि अनुसन्धानका क्रममा काठमाडौंको सुन्धाराबाट सन्तोष श्रेष्ठ र आशा श्रेष्ठ पक्राउ परे ।

जापानको अध्यागमन विभागमा काम गर्ने जापानी नागरिक भएको भन्दै फेसबुकमार्फत एक जनाले विभिन्न व्यक्तिबाट ३९ लाख बढी रकम ठगी गरेका थिए । उनले जापानमा कामदार भिसा दिलाइदिने भन्दै पैसा जम्मा गर्न लगाउँथे । अपराध महाशाखाको टोलीले ठगी कार्यमा संलग्न शुभद्रा परियार, पूजा राई, राजेन्द्र ढकाल र दिपिका केसीलाई पक्राउ गर्‍यो ।

यी केही उदाहरण मात्रै हुन् । अनलाइन तथा सामाजिक सञ्जालमार्फत ठगी गर्नेहरूको संख्या बढ्दो छ । सामाजिक सञ्जालमा साथी बनाउने, फाइदा हुन्छ भनेर भ्रममा पार्ने र ‘इमोनसनल ब्ल्याकमेलिङ’ गर्ने कार्य तीव्र बढेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा अजवी पौड्यालले यो समाचार लेखेकी छिन ।

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  ७ : २२ बजे

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै