२४ माघ २०८२, शनिबार | February 8, 2026

संखुवासभामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, १० घाइते



संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका-१ मा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।

मकालु गाउँपालिका-५ फ्याक्सिन्दामा तकारी पुर्‍याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १-०२-००१ ख ८०८३ नम्बरको मिनी ट्रक शनिबार राति चिचिला-१ पात्लेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा चालक धनकुटाको महालक्ष्मी नगरपालिका-६ लेगुवाका २९ वर्षीय जनक पाण्डेको घटनास्थलमै मृत्यु भएको छ । पाण्डेको शव ट्रकले किचेको अवस्थामा फेला परेको थियो। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइदैछ । अरुण तेस्रोको ड्याम साइडमा तकारी पु¥याएर फर्कदै गर्दा मिनि ट्रक दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते १० मध्ये तीन जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते खाँदबारी नगरपालिका-७ का २९ वर्षीय बब्लु मगर, भारतको आसामका ३२ वर्षीय राहुल मालाकार र रक्की कुमारलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

घाइते १० मध्ये आठ जना अरुण आयोजनामा काम गर्ने भारतीय नागरिक हुन् । दुर्घटनामा भारतीय नागरिक २४ वर्षीय मौतुन राय, विशाल कुमार, शैलेश कुमार, २७ वर्षीय सङ्कज कुमार, ३० वर्षीय राभेन वैश्णव र २१ वर्षीय अरविन्द्र कुमार घाइते भएका छन् ।

खाँदबारी नगरपालिका-८ पिप्लेका १८ वर्षीय सविन विक पनि घाइते भएका छन् । घाइते मध्ये तीन जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  ९ : ३१ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको