२५ माघ २०८२, आइतबार | February 8, 2026

रुपन्देहीमा ५ जना एमाले जनप्रतिनिधिले रोजे एकिकृत समाजवादी, मंगलबार संख्या थपिने एस पार्टी नेताहरुको दाबी



बुटवल । एमाले मै बस्ने की नेकपा एकिकृत समाजवादी रोज्ने ? भनेर निर्वाचन आयोगले निर्धारण गरिदिएको समय सकिन एक दिन बाँकी रहँदा रुपन्देहीमा एकजना नगर उपप्रमुख सहित ५ जना एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले नेकपा एकिकृत समाजवादी रोजेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेसहितका ५ जना जनप्रतिनिधिहरुले ले नेकपा एकीकृत समाजवादी रोजेका हुन् । सोमबार मध्यान्ह निर्वाचन कार्यालय भैरहवा पुगेर उनीहरुले समाजवादी रोजेको सनाखत गराएका छन् ।

आफुले निर्वाचन कार्यालय गएर एकिकृत समाजवादीमा रहने गरि सनाखत गराएको उपप्रमुख काफ्लेले बताइन् । एकिकृत समाजवादीका रुपन्देही अध्यक्ष राजु गुरुङका अनुसार काफ्ले सहित बुटवल उपमहानगरका वडा सदस्यहरु चिनबहादुर गुरुङ, गोपाल नेपाल, सुनील शाक्य र तिलोत्तमाका कार्यपालिका सदस्य यज्ञेश्वर क्षत्रीले समाजवादी रोजेका छन् ।

रुपन्देहीमा थप एमालेका जनप्रतिनिधिहरुले समाजवादी रोज्ने अध्यक्ष गुरुङले दाबी गरे । ‘बाँकी रहेका केही जनप्रतिनिधिले भोलि मंगलबार सनाखत गराउनु हुन्छ ।’ समाजवादी रुपन्देहीका संयोजक गुरुङले भने ।

निर्वाचन आयोगले प्रदेश तथा स्थानीयतहमा निर्वाचित एमालेका जनप्रतिनिधिहरुले भाद्र २२ गते सम्ममा एमाले मै बस्ने वा एकिकृत समाजवादी रोज्ने ? भन्ने निर्णय गर्न सक्ने गरि निर्णय सुनाएको छ ।

 

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ७ : ३३ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको