५ श्रावण २०८३, मंगलबार | July 22, 2026

साढे ५१ अर्ब बराबरको वैदेशिक सहायता स्वीकार



काठमाडौं । दातृ निकायले विभिन्न क्षेत्रमा दिन लागेको करीब साढे ५१ अर्ब रुपैयाँ बराबरको सहायता सरकारले स्वीकार गरेको छ । दातृ निकायले शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा दिने ५१ अर्ब ४८ करोड रुपैयाँ सहायता स्वीकार्ने निर्णय सोमवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

अन्तरराष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि करीब ५ अर्ब ५४ करोड र स्वास्थ्य क्षेत्र सुधारका लागि ४५ अर्ब ९४ करोड रुपैयाँ बराबरको अतिरिक्त सहुलियतपूर्ण ऋण सहयोग आउने भएको छ । यसैगरी सरकारले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यसअघि कोरोना महामारीका कारण जनगणनासम्बन्धी कार्यतालिका प्रभावित भएकाले नयाँ कार्यतालिका स्वीकृत गरिएको बताए ।

बैठकले दार्चुलाको छाङ्गरुमा सुरक्षाकर्मी बस्ने ब्यारेक भवन निर्माण गर्ने र स्व। बीपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय पनि भएको छ । त्यस्तै आर्थिक वर्ष २०७८÷८९ मा विभिन्न आयोजनाका लागि स्थायी तथा अस्थायी दरबन्दी सृजना गर्ने निर्णय बैठकले गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको वर्तमान गठबन्धन सरकारले छिट्टै पूर्णता पाउने सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री कार्कीले बताए । मन्त्रिपरिषद्को बैठकपछि सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनमा संलग्न दलहरूको सहमतिमा सरकारले छिट्टै पूर्णता पाउने जानकारी गराएका हुन् ।

प्रवक्ता कार्कीले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालू आर्थिक वर्षको बजेट संशोधन हुने समेत बताए । प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग पनि आफूले सरकारको तर्फबाट छलफल गरेको भन्दै उनले सहमतिका आधारमा बजेट संशोधन हुने उल्लेख गरे ।

गत जेठ १५ गते तत्कालीन सरकारले अध्यादेशमार्फत चालू आवको बजेट ल्याएको थियो । संघीय संसद्को बैठक आह्वान गर्न केही दिनमात्रै बाँकी रहेका बेला तत्कालीन ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटनको सिफारिश गरेको थियो । आजको आर्थिक अभियान दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ७ : २९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं