१६ चैत्र २०८२, सोमबार | March 30, 2026

संसदमा सिट : एकीकृत समाजवादी सत्ता र लोसपा प्रतिपक्षको कुर्सीमा



काठमाडौं । राजनीतिक दलसबन्धी अध्यादेशबाट विभाजनमा पुगेका राजनीतिक दलहरू संघीय संसदको बैठकमा फरक-फरक कुर्सीमा बस्ने भएका छन् । दुबै सदनको अधिवेशन आज अपराह्नबाट सुरु हुँदैछ ।

एमालेबाट विभाजन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सत्ता पक्षको कुर्सीमा बस्नेछ भने जनता समाजवादी पार्टीबाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रतिपक्षको कुर्सीमा बस्नेछ ।

संसद सचिवालयमा दुबै पार्टीले संघीय संसद बैठक कक्षभित्र बस्ने कुर्सीका बारेमा माग गरे बमोजिम उक्त व्यवस्थापन गरेको प्रवक्ता रोजनाथ पाण्डेले बताए । ‘एकीकृत समाजवादीले सत्तापक्षमा र लोसपाले प्रतिपक्षको कुर्सीमा बस्ने भनेर माग सचिवालयमा जानकारी गराउनु भएको थियो,’ प्रवक्ता पाण्डेले भने, ‘सोही बमोजिम एकीकृत समाजवादीलाई सत्तापक्ष र लोसपालाई प्रतिपक्षको स्थानमा कुर्सी व्यवस्थापन गरिदिएका छौं ।’

लोसपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए पनि संघीय संसदको संरचनामा भने प्रतिपक्षमा बस्ने जानकारी सचिवालयलाई गराएपछि उक्त व्यवस्थापन गरिएको हो ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ७ : ४१ बजे

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज

लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा तत्काल रिहाको आदेश आएन, कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा