१६ चैत्र २०८२, सोमबार | March 30, 2026

बालिका बलात्कारको आरोपमा नौ जना युवक पक्राउ



सुर्खेत । सुर्खेतमा १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नौ जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय, बाबियाचौरले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बलात्कारको आरोपमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, खगेन्द्र भनिने शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाहीलाई पक्राउ गरिएको बताए ।

बलात्कृत बालिकाको चिकित्सकीय परीक्षण गर्दा पोजेटिभ देखाएको उनले बताए । पञ्चपुरी नगरपालिका सुर्खेतमा बस्दै आएकी किशोरीले आफूलाई पटक-पटक विभिन्न व्यक्तिबाट ठाउँठाउँमा बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा सोमबार उजुरी दिएपछि उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिप्रका सुर्खेतका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कनक शाहीले बाबुको मृत्यु भइसकेको र आमाले छोडेर अर्कैसँग विवाह गरेपछि मामाघरमा बस्न आएकी किशोरीमाथि बलात्कार भएको बताए ।

उनका अनुसार मुद्दा दर्तापछि किशोरी आफैँले बलात्कार गर्नेलाई पहिचान गराउँदै इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरीक्षक टेकबहादुर देउवामार्फत नियन्त्रण लिन लगाएकी थिइन् ।

बलात्कार आरोप लागेकामध्ये केहीलाई पक्राउ गर्न बाँकी रहेको बताउँदै प्रहरी निरीक्षक शाहीले नियन्त्रणमा लिइएका नौ जनामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताए । (रासस)

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ७ : ४६ बजे

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई

खजुरामा ‘प्रथम खजुरा गोल्ड कप’ सञ्चालन हुँदै

खजुरा । खेलकुदको क्षेत्रमा मुलुकमै योगदान गरेको बाँकेको खजुरामा पहिलो

नागरिकसँग शिष्ट बोली, बचन एवं व्यवहार गर्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, तत्काल छोड्न अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण