१५ बैशाख २०८१, शनिबार | April 27, 2024

सुआहरा परियोजनाको वार्षिक समिक्षा, योजना तर्जुमा तथा क्षमता अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न



बुटवल । अन्तराष्ट्यि सहयोगी संस्था युससएआईडीद्धारा संचालित कार्यक्रम सुआहरा परियोजनाले रुपन्देहीमा आफनो वार्षिक समिक्षा, योजना तर्जुमा तथा क्षमता अभिवृद्धि कार्यक्रम रुपन्देहीका सबै पालिकालमा कार्यरत परिचालकहरुलाई प्रदान गरेको छ ।

स्थानीय साझेदारी संस्था सेतो गँरास बाल बिकास सेवा रुपन्देहीको आयोजना र सुआहरा परियोजना लुम्विनी प्रदेशको आर्थिक संहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

वार्षिक समिक्षा, योजना तर्जुमा तथा क्षमता अभिवृद्धि कार्यक्रममा स्थानीय तह र समुदायमा काम गर्ने परिचालकको क्षमता वृद्धि कसरी गर्ने, कार्यक्रम सम्बन्धी योजनाको तर्जुमा , सरकारवाला निकायसंगको सहकार्य, समन्वयन कसरी गर्ने, लक्ष्य प्राप्तीका लागि कसरी कार्य सम्पादन गर्ने, कोभिड १९ को जोखिम अवस्थामा कसरी कामहरुलाई योजनाबद्ध रुपमा लैजान सकिन्छ साथै स्वास्थ्य सचेतनासंगै सजगता कसरी अपनाउने बारेमा सुआहराका सिनियर लुम्विनी प्रदेश संयोजक भरत शर्मा, कृषि संयोजक अर्जुन श्रेष्ठ, वास संयोजक मंगल दुवाल ,पोषण अधिकृत दुर्गा राना, प्राविधिक संयोजक रक्षा गिरी, रेडियो कार्यक्रम उत्पादक किस्मती चौधरी, वित्तीय तथा प्रशासन अधिकृत संजीप विश्वकर्मा र सेतो गुरास बाल विकास सेवाका मिनु पुन लगायतले प्रशिक्षण दिएका थिए ।

यस्तै कार्यक्रममा सेतो गुँरास बाल विकाश सेवा रुपन्देहीकी कार्यकारी निर्देशक सुमित्रा शर्माले संस्थागत नीति, नियम, सुशासन, आचारसंहिता बारे सहजीकरण गदै तीन दिनको अवधिमा सिकेका कुराहरुलाई व्यवहारिक जीवनमा लागु गर्न समेत आग्रह गदै हरितालिका तीज पर्वको सम्पूर्णलाई शुभकामना समेत व्यक्त गरेका थिए ।

तीन दिन सम्म बुटवलमा संचालन भएको कार्यक्रम मंगलबार सम्पन्न भएको हो । कोभिड १९ को विषम अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पहिलो चरण र दोस्रो चरण गरी ५२ जना परिचालकहरुको सहभागितामा प्रशिक्षण दिइएको सुआहराका लुम्विनी प्रदेश संयोजक भरत शर्माले जानकारी दिए ।

समापन कार्यक्रममा सहभागिहरुको तर्फबाट कोटिहीमाई गाउँपालिकाका परिचालक अनुप वर्मा र सहजकर्ताको तर्फबाट गैडहवा गाउँपलिकाकी मिना कुमारी चौधरीले तीन दिन सम्म सिकेका सिकाइलाई व्यवहारिक जिवनमा उतार्ने प्रतिबद्धता व्यक्त गदै अगामी दिनहरुमा योजनाबद्ध रुपमा कामलाई अगाडि बढाउन यस्ता छलफलले संहयोग पुगेको बताए ।

सुआहराले स्वास्थ्य सुरक्षाका कार्यक्रमहरु लुम्विनी प्रदेशका १२ वटै जिल्ला र नेपालका ४२ जिल्लामा संचालन गदै आएको छ । यो परियोजना युससएआईडीको एक कार्यक्रम हो ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : ५८ बजे

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया