२५ माघ २०८२, आइतबार | February 8, 2026

वन्यजन्तुका लागि १७ सामुदायिक वनमा पोखरी निर्माण



दमौली । डिभिजन वन कार्यालय तनहुँको अनुदान सहयोगमा जिल्लाका १७ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

वन्यजन्तुका लागि लक्षित गरी कार्यालयको अनुदान सहयोगमा गत आर्थिक वर्षमा विभिन्न १७ सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो । भानु नगरपालिकामा १२, देवघाट, ऋषिङ र बन्दिपुरमा एकरएक, म्याग्दे गाउँपालिकामा दुई वटा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।

मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि वनमा पोखरी निर्माण गरिएको उनको भनाई छ । चितुवाको सबैभन्दा बढी आतङ्क रहेको भानुमा धेरै पोखरी निर्माण गरिएको छ । वनमा पानीको स्रोत मासिदै गएपछि घरछेउ पानी खोज्दै आउने वन्यजन्तुले मानिसलाई आक्रमण गर्न थालेपछि वन कार्यालयले पोखरी संरक्षण अभियान थालेको हो ।

‘तनहुँमा केही वर्षयता चितुवाको बढी आतङ्क छ, जङ्गलमा पानीको स्रोत मासिँदै गयो, चितुवा पानी खोज्दै बस्ती पस्न थाल्यो,’ उनले भने, ‘जसकारण धेरै जनाले चितुवाको आक्रमणबाट ज्यान गुमाउनुपर्‍यो।’ मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि यो अभियानले सहयोग पुग्ने काफ्लेको भनाई छ ।

१७ सामुदायिक वनमा पोखरी निर्माणका लागि कार्यालयले १४ लाख ८० हजार अनुदान दिएको छ । ११ वटा सामुदायिक वनलाई एकरएक लाख, पाँच वटा सामुदायिक वनलाई ५०/५० हजार र एउटा सामुदायिक वनलाई एक लाख ३० हजार सहयोग गरिएको छ ।

कार्यालयका अनुसार भानुको देउराली, कालिका, सानो देउराली, मस्र्याङ्दी, भिमसेन थुम्की, मजुवा ओख्ले, लोहीपाखा, रातमाटे पत्थरेढुङ्गा, भानुभक्त, बेलथुम्की, तिलाहार, झाक्रीथुम्का, इन्द्रचेक, देवघाटको पालेथुम्की, बन्दिपुरको वार्से गह्रा ठकुरीडाँडा, म्याग्देको वाराही र ज्यानटाङ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ७ : ५३ बजे

प्रदेश अस्पताल दमौलीलाई स्तरोन्नति गर्न जग्गा प्राप्ति

तनहुँ । जिल्ला सदरमुकाम दमौलीस्थित प्रदेश अस्पतालले स्तरोन्नतिका लागि जग्गा

सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रका बराहपोखरी गाउँपालिका-५ पौवासेरा र उदयपुरको

मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

म्याग्दी । जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका

टी-२० विश्वकप : भारतले अमेरिकालाई २९ रनले हराउँदै विजयी सुरुवात

काठमाडौं । आइसीसी टी-२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात