१६ बैशाख २०८१, आइतबार | April 28, 2024

एमसीसी उपाध्यक्ष फतेमा सुमार आइपुगिन काठमाडौं



काठमाडौं । अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) उपाध्यक्ष फतेमा जे सुमार काठमाडौं आइपुगेकी छिन् ।

एमसीसी उपाध्यक्ष सुमार र नायव उपाध्यक्ष जोनाथ बु्रुक्स कतार एयरलाइन्सको विमानमार्फत काठमाडौं आइपुगेका हुन् । डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष सुमार नेपालमा चार दिन बस्नेछिन् ।

सुमारले काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाललगायत राजनीतिक दलका नेताहरुसँग भेट गर्नेछिन् । सुमारले एमसीसीबारे नेताहरुसँग छलफल गर्नेछिन् । नेपालका राजनीतिक दलहरुमा एमसीसीबारे एकमत नभएको र जनस्तरमा व्यापक विरोधका बीच सुमारको नेपाल भ्रमण अर्थपूर्ण मानिएको छ ।

एमसीसी हेडक्वाटरले हिजो मात्र नेपाल सरकारले पठाएका ११ वटा प्रश्नको विस्तृत जवाफ पठाएको थियो । जवाफमा एमसीसी नेपालको संविधानभन्दा माथि नरहेको, एमसीसी इन्डोप्यासिफिक स्ट्राटेजीको अंग नरहेको र एमसीसी सम्झौता परिमार्जन हुन नसक्ने लगायतका विषय समेटिएको छ ।

हिजोबाटै सुरु भएको संसद अधिवेशनबाट एसीसी सम्झौता अनुमोदन गर्ने योजनामा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन् ।

सुमार विमानस्थलमा आइपुग्दा विमानस्थल र आसपासको क्षेत्रको सुरक्षाव्यवस्था कडा तुल्याइएको थियो ।

 

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  १० : ०९ बजे

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा