२१ चैत्र २०८२, शनिबार | April 4, 2026

एमाले अध्यक्ष ओली र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता



काठमाडौं । एमसीसीका उपाध्यक्ष फतिमा सुमारले नेपालमा आफ्नो राजनीतिक भेट सुरु गरेकी छिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग सुमारले पहिलो भेटवार्ता गर्ने भनिएपनि उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगबाट राजनीतिक भेटवार्ताको सुरुवात गरेकी छिन् ।

सुमार बिहीबार दिउँसो २ बजे ओलीलाई भेट्न बालकोट पुगेकी थिइन्। झण्डै एक घण्टाको छलफलपछि सुमारसहितको एमसीसी प्रतिनिधिमण्डल बालकोटबाट फर्किएको छ।

भेटवार्तामा एमसीसी उपाध्यक्ष सुमारले सम्झौता अनुमोदनको प्रक्रिया अघि बढाउनुपर्नेमा धारणा राखेकी छिन् । सुमारले एमसीसी छिटो अनुमोदनको प्रक्रियामा सघाउन पुर्याउन आग्रह गरेकी छिन् । अध्यक्ष ओलीले आफु प्रधानमन्त्री हुँदा एमसीसी अघि बढाउन खोजेको भएपनि सभामुख लगायतका केही व्यक्तिले अवरोध गरेको आरोप लगाएका छन् । ओलीले एमसीसीबारे सरकारले अहिलेसम्म आफ्नो दलसँग कुनै छलफल नगरेको पनि बताएका छन् ।

भेटवार्तामा एमालेबाट अध्यक्ष ओलीसहित विदेश विभाग प्रमुख राजन भट्टराई, स्थायी कमिटी सदस्य विष्णु रिमाल लगायतका नेता सहभागी थिए।

प्रधानमन्त्री हुँदा एमसीसी तत्कालै पास गरिहाल्नुपर्ने अडानमा रहेका एमाले अध्यक्ष ओली सत्ताबाट बाहिर पुग्ने वित्तिकै एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने भनेर भाषण गरेका थिए । एमसीसीलाई तत्काल पास गरिहाल्नुपर्ने पक्षमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीको साथ खोजिरहेका छन् ।

चार दिनसम्म नेपालमा बस्ने एमसीसी उपाध्यक्ष सुमारले प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मा, उर्जा मन्त्री पम्फा भुसाललगायतसँग भेटवार्ता गर्नेछिन् ।

प्रधानमन्त्री देउवासँग भने शुक्रबार दिउँसो भेटवार्ता हुने भएको छ ।

सुमार कतार एयरवेजको विमानबाट बिहीबार बिहान काठमाडौं आइपुगेकी हुन् । सुमार आउनु एक दिन अघि एमसीसी हेडक्वाटरले नेपाल सरकारले एमसीसीबारे पठाएका प्रश्नको लिखित जवाफ पठाएको थियो ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  २ : ३१ बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ