२२ बैशाख २०८१, शनिबार | May 5, 2024

पार्टी प्यालेस र होटलमा डीजे घन्किएपनि बुटवलका सडकमा गुन्जिएन तीजको भाका, बजेनन् मादलु



बुटवल । बुटवल आसपासमा तीज शुरु हुनु १५ दिन पहिलेदेखि तीजको रमझम देखिएपनि तीजको दिनभने बुटवल सुनसान देखियो ।

शक्तिका आडमा बिभिन्न संघसंस्थाहरुले बुधबारका दिन सम्म पार्टी प्यालेस, होटल र रेष्टुरेन्टहरुमा तीजको कार्यक्रम राख्दै नाचगान गरेपनि परम्परादेखि तीजमा रमझमहुने बुटवलका ऐतिहाँसिक स्थलहरुमा न त मादल बजे न गीत गुन्जियो ।

२ वर्ष पहिले सम्म तीजका दिन बुटवल बहुमुखी क्याम्पसको प्राङ्गन राती साडीले भरिभराउ हुने गर्दथ्यो । सिद्धेश्वर मावीको प्राङ्गनमा टेक्ने ठाँउ हुँदैन थियो । देवीनगर पिपल चौतारामा तीजले धपक्क छोपिन्थ्यो । तर बिगतको वर्ष देखि कोरोना महामारी फैसलएपछि विगतको बुटवलको तीजको रमझम केवल सम्झना मात्र रहन पुग्यो ।

सिद्धेश्वरमा रमझम हेर्न पाईन्छ की भन्दै प्राङ्गनमा पुगेकी दिपनगरकी सारदा न्यौपाने मैदान खाली देखेपछि लुरुलुरु फर्कँदै थिईन् । घर फर्कँदै गरेकी ६२ वर्षिया न्यौपानेले हुनेखानेले त होटलहरुमा तीज मनाए दुःखीले तीज मनाउने चौर भने रित्तै भएको देखिएको बताईन् । ‘धनीमानीले त होटल होटलमा तीज मनाउँदै, गहना देखाउँदै नाचे गाए, गरिवका छोरीहरु यही चौरमा नाच्थे, कोरोनाले नाच्न दिएन ।’ उनले भनिन्, -‘गहना देखाउने र बाजामा नाच्नेलाई पुलिस्ले छोपेन, गरिवलाई जम्मा हुन दिन्नन् ।’

बिभिन्न संघ संस्थाहरुले तीजको गीत प्रतियोगिता गर्ने बुटवल बहुमखी क्याम्पसको चौर चुरेको पहिरोले पुरिएको छ । मैदानभरी भरिएको लेदो अझै सुकेको छैन ।

हरेक वर्ष टोल विकास संस्थ र महिला समूहका बीच तीजको गीतको प्रतिस्पर्धा हुने देबीनगर चौतारीपनि यस वर्ष सुनसान देखियो । बुद्धनगर देखि ई-रेक्सा चढेर देबीनगरको तीज हेर्न आएकी सावित्रा नेपाल तीजको रमझम नहेरी घर फर्किन् । बुटवलका अन्यत्र डीजेमा गीत घन्किएपनि देबीनगरमा मादल घन्कन्थ्यो, चेलीबेटीहरुले धकफुकाएर गाउँथे र कम्मर मर्काएर नाच्थे । तर यस वर्ष त्यस्ता केही भएनन् । वर्षौदेखि देबीनगरमा तीज हेरेर मन बुझाउने गरेका देबी नगरका श्याम कार्कीलाई अघिल्लो वर्ष देखि न्यास्रो लागेको छ । देबीनगर चौतारीमा मादल नबज्दा सम्म तीज आए जस्तै नलाग्ने कार्कीले बताए । ‘यस्तै चलन बसे चेलिबेटीले तीजको भाका नै भुल्छन् ।’ कार्कीले भने ।

कोरोना कहरको कारण देखाउँदै स्थानीय प्रशासनले सार्वजनिक कार्यक्रम गर्न पूर्ण निषेध गरेपनि पहँच भएका संघ संस्थाहरुले भने कृष्ण जन्माष्टमी देखि बुटवलमा तीज मनाईरहेका थिए । खुल्ला चौरमा जम्मा हुने सर्वसाधारण नारीहरुले प्रशासनको निषेधाज्ञाको पालना गरेपनि हुनेखाने र पहुँचवालाहरुले आयोजना गरेको तीजको रमझममा प्रशासनको आँखा भने पुग्नै नसकेको स्थानीयबासीले गुनासो गरे ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ५ : ५२ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै