१० असार २०८३, बुधबार | June 24, 2026

सुमार-नेपाल भेटवार्ता : राष्ट्रहितभन्दा बाहिर गएर एमसीसी सम्झौता अघि बढ्न नसक्ने एकिकृत समाजवादीको धारणा



काठमाडौं । एमसीसीको बारेमा स्पष्ट पार्न नेपाल आएको एमसीसी परियोजनाका उपाध्यक्ष फतिमा सुमार सहितको टोलीले आज अपराह्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ । सिंहदरबारमा भएको भेटवार्तामा उपाध्यक्ष सुमार नेतृत्वको टोलीले एमसीसीबारे नेपालमा उठेका प्रश्नहरुमा स्पष्टीकरण दिएको भेटवार्तामा सहभागी एकिकृत समाजवादीका नेता डा. गँगाधर तुलाधरले बताए ।

उपाध्यक्ष सुमार सहितको टोलीले एमसीसी भनेको इण्डो प्यासिफिक रणनीतिको अङ्ग नभएको बताउँदै नेपालमा हल्ला भए अनुसार एमसीसी नभएको भन्दै स्पष्ट पार्न खोजेको नेता तुलाधरले जानकारी दिए । एमसीसी इण्डो प्यासिफिक रणनीतिको अङ्ग हुँदै होईन भनेर स्पष्ट पार्न खोज्नु भयो । तुलाधरले भने, (यो हल्ला मात्र हो भनेर उहाँले भन्नुभयो ।’

भेटमा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले यो भ्रम एमसीसीकै तर्फबाट छरिएको धारणा राख्दै एमसीसीका आधिकारिक मान्छेले एमसीसी भनेको इण्डो प्यासिफिक रणनीतिको अंग भनेकाले नेपाली जनता सशंकित भएको भनाई सुमार समक्ष राखेको नेता तुलाधरले बताए ।

एकीकृत समाजवादीका नेताहरुले नेपाल र नेपाली जनताको हितमा नहुने, सैन्य रणनीति अन्तर्गत हुने कुनै पनि सहयोग आफूहरुलाई स्वीकार नहुने उपाध्यक्ष सुमारलाई बताएका थिए ।

‘उहाँहरुले कुनै पनि सैन्य रणनीतिको अंग होइन भनेर स्पष्ट पार्न खोज्नुभयो,’ भेटमा सहभागी नेता तुलाधरले भने, ‘अमेरिकासँग भएका सम्झौताहरु ल्याएका छौं । त्यो हेर्नुस् र मन पर्‍यो भने अनुमोदन गर्नुस् भन्ने प्रस्ताव सुमारले राख्नु भयो।’

एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको टोलीले एमसीसी सम्झौताबारे यसो गर्नुस् भनेर दबाव नदिने, तर स्वीकार नगेर यो अनुदान अर्को मुलुकमा जाने बताएको समेत तुलाधरले बताए । उनले भने, ‘राष्ट्रहितभन्दा बाहिर गएर सो सम्झौता अघि बढ्न सक्दैन भन्ने कुरामा हामी दृढ छौँ । हामी कमसेकम पनि पाँच पार्टीको बीचमा सहमति बनाएर यो कुरा गर्ने कि नगर्ने निर्णयमा पुग्छौँ । राजनीतिक दलहरू जो सरकारमा सामेल छन् । ती सबै राजनीतिक दलहरूको कन्सर्नको कुरा हो । त्यसैले हामीहरू आफू पनि छलफल गरेर सहमतिमा अघि बढ्छौँ ।’

अमेरिकी दूतावास स्रोतका अनुसार एमसीसीको टोलीले भोलि शुक्रबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र उर्जामन्त्री पम्फा भुसाललाई भेट्ने छ ।

 

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ८ : ४८ बजे

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं