२० असार २०८३, शनिबार | July 5, 2026

एमसीसी उपाध्यक्ष सुमारले भेटिन प्रचण्डलाई, अनुमोदन प्रक्रिया अघि बढाउन आग्रह



काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले राजनीतिक भेटघाट तीव्र पारेकी छन् ।

प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी ओलीलाई भेटेर राजनीतिक भेट यात्रा थालेकी उनी सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न शुक्रबार बिहान खुमलटार पुगिन ।

भेटका क्रममा उपाध्यक्ष सुमारले एमसीसी पारित हुने विश्वसनीय वातावरण बनाउन आग्रह गरेकी छिन् । सुमारले एमसीसी नेपालको संविधान र राष्ट्रिय हित भन्दा बाहिर नरहेको भन्दै प्रचण्डलाई विश्वस्त गराउने प्रयास गरेकी छिन् ।

सुमारले आफू नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताएकी थिइन । यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउँदै उनले सकारात्मक निर्णय हुनेमा आफु आशावादी रहेको धारणा राखेकी थिइन ।

अध्यक्ष प्रचण्डले एमसीसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेको बताउँदै राष्ट्रिय सहमतिबाट मात्रै यसलाई अघि बढाउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका थिए । प्रचण्डले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताएको उनको सचिवालयले जनाएको छ । प्रचण्डले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु अहिलको प्रमुख प्राथमिकता रहेको पनि बताएका थिए ।

उपाध्यक्ष सुमारले बिहीबार नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवसँग पनि भेट गरेकी थिइन् ।

सुमारले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्दैछिन् । यस्तै अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाललाई पनि भेट्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  ९ : २८ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी