२० असार २०८३, शनिबार | July 5, 2026

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेको एमसीसी प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री देउवालाई भेट गर्न एमसीसीका उपाध्यक्ष फतिमा जे सुमारसहितको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।

केहीबेरअघि सम्पन्न भेटवार्तामा एमसीसीसहित नेपाल र अमेरिकाबीचको सम्बन्धका बारेमा छलफल भएको प्रधामनमन्त्री देउवाको व्यक्तिगत ट्वीटर ह्याण्डलमार्फत जानकारी दिइएको छ । देउवाले लेखेका छन्, ‘हामीले एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुसहित नेपाल–अमेरिका सहयोगबारे विचार आदान प्रदान गरेका छौं।’

भेटमा प्रधानमन्त्री देउवासहित कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र मुख्यसचिव शंकरदास बैरागी पनि सहभागी थिए ।

नेपालमा एमसीसीबारे तिब्र विरोध र बहस चलिरहेका बेलामा एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहित हिजो काठमाडौं आएका थिए । उनीहरुले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेट गरेर यथाशीघ्र एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन आग्रह गरिरहेका छन् ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  ६ : ५४ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी