१५ चैत्र २०८२, आइतबार | March 29, 2026

दीपमा तीज गीत नृत्य प्रतियोगिता : जुममा नाचे बालबालिकाहरु



बुटवल । दीप बोर्डिङ हाई स्कूलले तीज पर्वको अवसरमा विभिन्न तहमा तीज गीत नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

जुम एप मार्फत भर्चुअल रूपमा गरिएको तीज गीत नृत्य प्रतियोगितामध्ये नृत्यकार विजया थापाको संयोजकत्वमा सम्पन्न कक्षा नर्सरी र केजीको प्रतियोगितामा कक्षा केजीकी रस्बिन हमालले प्रथम, कक्षा केजीकै पिया सारुले द्वितीय र कक्षा नर्सरीकी फरिजा खातुनले तृतीय स्थान हासिल गरेका छन् भने कक्षा १ देखि ३ सम्मको प्रतियोतिामा कक्षा २ की सगुन गैरेले प्रथम, कक्षा ३ की सम्पदा दर्नालले द्वितीय, कक्षा १ की समिस्ता गुरागाईले तृतीय र कक्षा २ की रिदिमा टन्डनले सान्त्वना स्थान हासिल गरेका छन् ।

त्यसैगरी नृत्य प्रशिक्षक किशोर थापाको संयोजकत्वमा सम्पन्न कक्षा ४ देखि ६ सम्मको प्रतियोगितामा कक्षा ६ की आर्या गौतमले प्रथम, कक्षा ६ कै आर्या गैरेले द्वितीय र कक्षा ५ की स्नेहा खत्रीले तृतीय र कक्षा ५ कै ईशु टन्डन तथा सिम्रन अधिकारीले सान्त्वना स्थान हासिल गरेका थिए भने कक्षा ७ देखि १० सम्मको प्रतियोगितामा कक्षा ७ का विद्यार्थीहरू ईशा कुँवरले प्रथम, सिजल पाण्डेले द्वितीय, सम्झना कुँवर र हर्षिता क्षेत्रीले तृतीय र सचिना पुरीले सान्त्वना स्थान हासिल गरेका छन् ।

भौतिक रूपमा विद्यालय नखुलेको अवस्थामा विद्यार्थीहरूमा रहेको प्रतिभालाई उजागर गर्ने र उनीहरूलाई रचनात्मक तथा सिर्जनात्मक कार्यमा उत्प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कुरा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताए ।

दीप बोर्डिङ हाई स्कूलका उपप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्र कुमार शाक्यको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजूको प्रमुख आतिथ्यता, उपाध्यक्ष उमाकान्त चापागाई, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य ज्ञानु थापा लगायतको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा नृत्य प्रशिक्षक किशोर थापा, नृत्यकार विजया थापा र सामाजिक विषय प्रमुख अमर खत्रीले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने कार्यक्रमको सञ्चालन सङ्गीतकार विजय सापकोटा र पुरुषोत्तम पाण्डेयले गरेका थिए ।

 

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  १० : ४० बजे

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

ओलीको रिहाइको माग गर्दै पत्नी राधिकाले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी