१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

नेपाली कांग्रेस तिलोत्तमामा न्यौपानेको नेतृत्वमा उम्मेदवारी घोषणा



बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशन सकिए लगत्तै पालिकाको निर्वाचनको सरगर्मी बढेको छ ।

कांग्रेसको पालिकाको निर्वाचनको लागि रुपन्देहीको तिलोत्तमा नगर सभापतिको लागि नारायण न्यौपानेले उम्मेद्वारी घोषणा गरेका छन् ।

पार्टिका अग्रज र वरिष्ठ नेताहरुलाई साथमा राखेर उनले आफ्नो टिमको उम्मेदवार घोषणा गरे । यस्तै उपसभापतिमा अशोक कुमार क्षेत्री र मधुसुदन गैरे, सचिवमा प्रकाश गैरे र शोभा राना मगर, सहसचिवमा दिनेश कुँवर थारु र केशरी उपाध्यायले पनि उम्मेदवारी घोषणा गरेका हुन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार न्यौपानेले आफूले संगठनलाई चलयामान बनाउन उम्मेद्वारी घोषणा गरेको बताए । उनले पार्टी भित्रको गुटबन्दीलाई अन्त्य गरि संगठनलाई अनुशासित रुपमा चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरे ।

न्यौपानेले अग्रजलाई सम्मान र भातृ संगठनहरुलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । उनले आफूहरु कुनै गुट-उपगुट नभई साझा उम्मेद्वारी दिएको बताए ।

सो अवसरमा काँग्रेस रुपन्देहीका पुर्व जिल्ला सभापती रामचन्द्र ढकाल, बाबुराम राना, अष्ठभुजा पाठक, हेमराज अर्याल लगायले सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ८ : ५५ बजे

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सांसद सरस्वती बजिमय

काठमाडौं । वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन्

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

उदयपुर । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र

इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल