२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

१ दिने नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न



विवान फार्मेसी बुटवल र रोटरी क्लब अफ बुटवल चौतारीको संयुक्त आयोजनामा बुटवलमा एक दिने नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शनिवार सम्पन्न शिविरमा २ सय बढी बिरामीले लाभ लिएको फार्मेसीका प्रबन्ध निर्देशक दीपक ढकालले बताए । कोरोना महामारी बीच अस्पताल गई स्वास्थ्य जांच गराउन डराएका मानिसले नजिकैको स्वास्थ्य संस्थामा नि: शुल्क रुमा जांच गराई स्वास्थ्य लाभ गर्न सकुन् भन्ने उद्धेश्यले कार्यक्रम गरिएको उनले बताए ।

शिविरमा मधुमेह, उच्च रक्तचाप जांच संगै किड्नी, बालबालीका तथा रुघाखोक र ज्वरोका बिरामीका लागि चिकित्सककै सहभागितामा नि: शुल्क औषधी समेत वितरण गरिएको रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष सुरज क्षेत्रीले बताए । उनले सामाजिक कार्यमा अग्रसर रहेको आफ्नो संस्थाले यसअघि मास्क अभियान सुरु गरी अहिले पनि निरन्तर मास्क वितरण गरिरहेको जनाए ।

शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा नरेन्द्र प्रसाद यादव, देवदह मेडिकल कलेजका एम एस अर्थोपेडिक डा. सुन्दर कार्की, आयुर्वेद विशेषज्ञ डा. डि. के धिताल, दन्त रोग विशेषज्ञ डा. सुशिल पोख्रेल, मेडिकल अफिसरहरु डा. एन के अर्याल, डा. रविन्द्र अग्रहरि, डा. रोहित श्रेष्ठ, डा. रिसब सुवेदी लगायतले बिरामीको परिक्षण गरेका थिए । साथै औषधीको उचित प्रयोग र परामर्श बारे फार्मासिस्ट सुभेन्द्र प्रसाद यादव सहितको समुहले सहजीकरण गरेको थियो ।

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  ११ : ३९ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज