२० असार २०८३, शनिबार | July 5, 2026

एमाले संसदीय दलको बैठक जारी



काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बसिरहेकोछ ।

संसद भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बसिरहेको बैठकमा संसदमा प्रभावकारी भूमिका कसरी खेल्ने भन्नेबारे छलफल भैरहेको छ ।

यही भदौ २३ गतेबाट सुरु भएको संघीय संसदको अधिवेशनको सुरुकै दिनदेखि एमालेले सभामुख अग्निप्रसाद सापकोटाको विरुद्धमा रोष्टम घेराउ र नारावाजी गर्दै आइरहेको छ ।

आफ्नो पार्टी फुटाउन मतियारको भूमिका निर्वाह गरेको भन्दै एमालेका सांसदहरुले सभामुख विरुद्ध चर्का नारावाजी गर्दै आएका छन् ।

सभामुख सापकोटा सत्ताधारी दलको कार्यकर्ता बनेर एमाले विरुद्ध लागेको भन्दै उनले संसद चलाउन नसकेको आरोप एमालेले लगाइरहेको छ । आज पनि एमालेले सदन अवरुद्ध गर्ने जनाएको छ ।

संसदीय दलको बैठकमा संसदभित्र कसरी प्रस्तुत हुने भन्नेमा संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिँदैछन् ।
शुक्रबारको बैठकमा एमाले सांसदहरुले प्रधानमन्त्री र गृहमन्त्रीको माइक थुतेर सभामुखलाई प्रहार गर्न प्रयत्न गरेका थिए ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  १२ : ११ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी