६ श्रावण २०८३, बुधबार | July 23, 2026

माछापुच्छ्रे बैंकमा अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा



काठमाडौं । माछापुच्छ्रे बैंकले अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा संचालनमा ल्याएको छ ।

विगतलामो समयदेखि डिम्याट लगायत सेयर आवेदनसम्बन्धी सम्पूर्ण सुविधा प्रदान गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदनदिनमिल्ने गरी अनलाईनबाट डिम्याट खाताखोल्ने सुविधा ल्याएको हो ।

ग्राहकले बैंकको वेवसाईटमा रहेको apply now section मा गई वा सिधै https://www.machbank.com/demat/लिंक प्रयोग गरेर सहजै अनलाईनबाट डिम्याट खाता खोल्न सक्नेछन् । साथै माछापुच्छ्रे बैंकमा खाता हुने ग्राहकले बैंकमा नगई सिधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन् ।

माछापुच्छ्रे बैंक बाहेक अन्य बैंकमा बैंक खाता रहेका ग्राहकले अनलाइनमार्फत डिम्याट खाता खोल्ने प्रकृया पूरा गरिसकेपछि एकपटक आफुलाई पायक पर्ने माछापुच्छ्रे बैंकको शाखा कार्यालयमा गई परिचय खुल्ने कागजातसहित स्वयं उपस्थित भएपश्चात डिम्याट खातानम्बर प्राप्तगर्न सक्नेछन् ।

कोरोना माहमारीको जोखिम कायमै रहिरहेको समयमा, कोरोना संक्रमणबाट बच्न र यसलाई समुदायमा फैलिन नदिन साथै देशका जुनसुकै स्थानबाट समेत सजिल्यै डिम्याट खाता खोली सेयर कारोबार गर्न सहज होस् भन्ने उद्धेश्यका साथ उक्त सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

स्थापनाकालदेखि नै नयाँनयाँप्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ । यस्तै बैंकले अन्य डिजिटल सेवाहरु मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै सेवा ग्राहकमाझ ल्याएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ५ : ४३ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क