६ पुस २०८२, आइतबार | December 21, 2025

संस्थापन पक्षले महाधिवेशन प्रभावित पार्न खोजेको भन्दै पौडेलले बोलाए आफ्नो समुहको बैठक



काठमाडौं । वडा अधिवेशन निस्पक्ष नभएको भन्दै धेरै जिल्लाबाट गुनासो बढ्दै गएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको बैठक बोलाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बैठक बस्न लागेको छ । १४महाधिवेशनको लागि यही भदौ १८ गतेबाट वडा अधिवेशन सुरु भएपनि कतिपय जिल्लामा पार्टी सभापति शेरबहादुर देउवा पक्षले जबरजस्ती गरेको आरोप लागेको छ ।

सभापति देउवाकै गृहजिल्ला डडेल्धुरामा पनि अधिवेशनमा विवाद भएको छ । विवादका बीच डडेल्धुरामा सम्पन्न वडा अधिवेशनले समग्र महाधिवेशन निस्पक्ष बन्न नसक्ने आशंकामा पौडेल पक्ष रहेको छ । जिल्ला सभापतिले नै डडेल्धुराको वडा अधिवेशन बहिस्कार गरेका छन् ।

अझै पनि २० जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान भएको छैन । पौडेल पक्षले पार्टी संस्थापनले महाधिवेशन प्रक्रियालाई निस्पक्ष बन्न नदिएको आरोप लगाएको छ ।

भदौ १८–२५ गतेभित्र ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । तर अझै पनि २० जिल्लाको क्रियाशील सदस्यता नामावली नै सार्वजनिक भएको छैन । जसका कारण कार्यतालिका संशोधन गर्दै असोज ५ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने भनिएको छ । यद्यपी, क्रियाशील सदस्यताको विवाद अझै समाधान भएको छैन ।

 

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  ९ : ५३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ