२५ माघ २०८२, आइतबार | February 8, 2026

संस्थापन पक्षले महाधिवेशन प्रभावित पार्न खोजेको भन्दै पौडेलले बोलाए आफ्नो समुहको बैठक



काठमाडौं । वडा अधिवेशन निस्पक्ष नभएको भन्दै धेरै जिल्लाबाट गुनासो बढ्दै गएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको बैठक बोलाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बैठक बस्न लागेको छ । १४महाधिवेशनको लागि यही भदौ १८ गतेबाट वडा अधिवेशन सुरु भएपनि कतिपय जिल्लामा पार्टी सभापति शेरबहादुर देउवा पक्षले जबरजस्ती गरेको आरोप लागेको छ ।

सभापति देउवाकै गृहजिल्ला डडेल्धुरामा पनि अधिवेशनमा विवाद भएको छ । विवादका बीच डडेल्धुरामा सम्पन्न वडा अधिवेशनले समग्र महाधिवेशन निस्पक्ष बन्न नसक्ने आशंकामा पौडेल पक्ष रहेको छ । जिल्ला सभापतिले नै डडेल्धुराको वडा अधिवेशन बहिस्कार गरेका छन् ।

अझै पनि २० जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान भएको छैन । पौडेल पक्षले पार्टी संस्थापनले महाधिवेशन प्रक्रियालाई निस्पक्ष बन्न नदिएको आरोप लगाएको छ ।

भदौ १८–२५ गतेभित्र ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । तर अझै पनि २० जिल्लाको क्रियाशील सदस्यता नामावली नै सार्वजनिक भएको छैन । जसका कारण कार्यतालिका संशोधन गर्दै असोज ५ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने भनिएको छ । यद्यपी, क्रियाशील सदस्यताको विवाद अझै समाधान भएको छैन ।

 

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  ९ : ५३ बजे

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय

पाकिस्तान-नेपाल मैत्री टी-२० क्रिकेट प्रतियोगिता २०२६ सुरु, १२ टोलीको सहभागिता

काठमाडौं । पाकिस्तान–नेपाल मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित

इंग्ल्याण्डविरुद्ध नेपाल दबाबमा, कुशल भुर्तेल दोस्रो विकेटका रूपमा आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले अहिले

सर्वोच्चले अन्तरिम आदेश नदिँदा रेशम चौधरी फागुन २१ को चुनावबाट बाहिर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको

यस्तो छ जुम्लाको चुनावी गणित

जुम्ला । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य