१० श्रावण २०८३, आइतबार | July 26, 2026

हत्या गरेको ठहर भई जेल जीवन बिताएका व्यक्तिलाई स्वकीय सचिव नियुक्त गरिएकोमा प्रचण्ड थैव परिवारको आपत्ति



बुटवल । १३ वर्ष अघि हत्या आरोपमा जेल जीवन बिताएका सुजित बिकलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीका स्वकिय सचिव मनोनित गरिएकोमा थैव परिवारले आपत्ति जनाएका छन । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि थैवका परिवारले अदालतबाट हत्यामा संलग्न भएको ठहर गर्दै सजाँय पाएको ब्यक्तिलाई उच्च ओहदामा मनोनित गरिनु दुःखदायी भएको बताएका छन ।

सुटरका रुपमा परिचय बनाएका बिकलाई पार्टीको योजनामा नै यस्तो गलत काम गर्ने ब्यक्तिलाई प्रसय दिनु निक्कै निन्दनिय भएको मृतक प्रचण्डकी आमा सुकन्या थैवले बताईन । भावुक हुदै उनले पुरानो कुरा फेरि झस्काउने गरि सरकारबाट भएको गलत कदमलाई सच्याउनुपर्ने बताउछिन । १३ वर्षअघिको घटनालाई भुल्दै गएको बेला एकाएक सरकारको उच्च पदमा राखिदा पनि सबै राजनितिक दलहरु रमिते बनेको आरोप लगाईन । जेल जीवन बिताएका ब्यक्तिलाई सामान्य जीवन विताउन सकिने भएपनि सरकारी सुबिधाको राजनितिक पद दिनु गलत भएको बताईन् ।

उनले सरकारले चुनौती दिने गरि हत्यामा संलग्न ब्यक्तिलाई उच्च पद दिँदा पनि एमाले पार्टी नबोलेको समेत दुःख प्रकट गरिन् । सुजितलाई नियुक्ति दिएर प्रदेश सरकारले तत्काल आन्दोलित बुटवल बासी र खासगरि नेकपा एमालेलाई चुनौती दिएको थैवकाे भनाई छ ।

बिस. २०६५ चैत्र १३ गते गते बुटवलका युवा प्रचण्ड थैवलाई सुजित विकले गोलि हानी हत्या गरेको भन्दै किटानी जाहेरीका आधारमा अदालतबाट बिकलाई कैद सजाँय तोकिएको थियो । बुटवलको चाँदबारी नजिक प्रचण्ड थैबलाई गोली प्रहार गरेको आरोपमा बिक पक्राउ परेका थिए। मोटरसाइकलमा सवार रहेको अवस्थामा गोली प्रहारबाट मृत्यु भएका थैवको हत्या अभियोगमा बिक १० वर्ष जेल जीवन भोगेका थिए । बिक कैद भुक्तान गरि अघिल्लो वर्षमात्र रिहा भएका थिए ।

स्वर्गीय प्रचण्डकी श्रीमती लक्ष्मी थैवले यो घटनाबाट आफुहरुलाई गिज्याउने काम भएको बताउँदै हत्या आरोपमा जेल जीवन बिताएर ब्यक्ति सामान्य जीवन बिताएपनि यसरी उच्च ओहदामा आफै जानू नैतिकता बिरुद्ध भएको बताईन । उनले रुदै भनिन् – ‘हत्यारा हो भन्ने कुरा पुष्टि भैसकेको ब्यक्ति फेरि यहि समाजमा हिड्दा फेरि दुर्घटनाको डर देखिएको छ ।’

सुजितको नियुक्तिले परिवारमा त्रास फैलिएको उनले बताईन् । ‘हत्यारालाई स्वकिय सचिव राख्ने मुख्यमन्त्री पनि दोषी छन् । हत्या अभियोगमा सजाँय भोगेका ब्यक्तीलाई राज्यको ठूलो पद दिन मिल्छ ?’ लक्ष्मीले प्रश्न गरिन् ।

पत्रकार सम्मेलनमा स्वर्गीय थैवका छोरी स्वीकृति थैव, छोरा राधव थैव, दिदी पुष्पा प्रधान, दिदी शुष्मा श्रेष्ठले परिवारको पिडालाई सम्बोधन हुने गरि कदम चाल्नुपर्ने बताए ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  १२ : ४५ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले