१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

असोज पहिलो साताबाट अन्नपूर्ण आधार शिविर खुल्ने



गण्डकी । कोरोनाले बन्द अन्नपूर्ण आधारशिविर पदयात्रा आगामी असोज पहिलो साताबाट खुल्ने भएको छ । कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै सो आधारशिविर पदमार्ग खुल्ने भएको हो ।

विश्वकै उत्कृष्ट १० मध्येको उक्त पदमार्गमा पर्ने सो आधारशिविर क्षेत्रमा स्वास्थ्यमापदण्ड बनाएर पदयात्रा खोल्न लागिएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलिप गुरुङले बताए ।

‘पदयात्रामा जानेलाई लक्षित गरी असोज पहिलो साताबाट यो क्षेत्र खुलाउन लागेका हौं,’ उनले भने, ‘पदयात्राका क्रममा पर्यटकलाई कोभिडको आशङ्का लागेमा छोम्रोङमा एन्टिजेन परीक्षणको प्रवन्ध गर्नेबारे छलफल भइरहेको छ ।’

नजिकैबाट हिमाल नियाल्दै पदयात्रा गर्न पाउनु यो पदमार्गको विशिष्टता हो । यहाँ आउनेलाई पर्याप्त सुविधा उपलब्ध गराउन पर्यटन पूर्वाधार विस्तार गर्न व्यवसायी सक्रिय भएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले जानकारी दिए । सो क्षेत्रका २६ होटेलले पर्यटकलाई सेवा दिइरहेका छन् । अन्य १० होटेल थप्ने भनिएपनि कोरोनाले त्यो सम्भव भएन । चार दशकअघि उक्त आधारशिविर जाने पर्यटक त्यहाँका भेँडीगोठ र चित्रा/भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता थियो ।

विसं २०४३ मा स्थापित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को पहलमा २०४९ सालपछि उक्त क्षेत्रमा होटल सञ्चालनमा आएका हुन् । एक्यापले निर्धारण गरेको मापदण्डअनुसार पदयात्रा मार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छे« र अन्नपूर्ण आधार शिविरसम्म होटेल चलेका थिए । मापदण्डअनुसार प्रत्येक होटलमा ६ सहित १५६ कोठामा पर्यटक बस्न सकिने व्यवस्था छ ।

कोरोना सुरु हुनुभन्दा अघिका वर्षमा ८० हजार आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने उक्त क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी यसको उचित व्यवस्थापन, प्रवद्र्धनलगायतमा सहयोग पु¥याउने उद्देश्यले २०७४ सालदेखि अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव थालिएको छ । गएको दुई वर्ष सो महोत्सव स्थगित भयो ।

सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो । आठ हजार ९१ मिटर उचाइको सो हिमाल आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।

अन्नपूर्ण आरोहणको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटरको उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेपछि सो क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनियो । घान्द्रुकबाट अन्नपूर्ण आधार शिविरसम्म पुग्न बाह्यले सामान्यतः चार र आन्तरिक पर्यटकले तीन दिन लगाउँछन् ।

विगतमा पदयात्रामा आउने बाह्य पर्यटकले स्थानीय परिकार खानुपर्ने बाध्यता थियो । पछिल्ला वर्षमा यहाँका होटेलले विदेशी परिकार पनि पस्कन थालेका छन् ।

एक्यापले स्थानीयवासीलाई बेलाबेलामा तालिम दिँदै आएको छ । होटेलले विदेशी परिकार बनाउन सक्ने कुक राख्न थालेका छन् । होटेलको क्षमता विस्तारसँगै पदमार्ग क्षेत्रका देउरालीको पूर्वतर्फको पहाडमा रहेका बुद्धाकृति, दोभान र हिमालको बीचमा अवस्थित प्राचीन पुजनीयम् बराह तथा सो मन्दिर परिसरबाट देखिने १०८ धारा, झिनुडाँडास्थित तातोपानीको कुण्डजस्तास्थललाई थप व्यवस्थित गर्न चासो बढ्दै गएको छ ।

कोरोनाले थलिएको पर्यटनलाई विस्तारै पूर्ववत् अवस्थामा फर्काउनुपर्ने वर्तमान अवस्थामा स्वास्थ्य मापदण्डसहित पर्यटकीय गन्तव्य खोल्नुपर्ने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले बताए । ‘विश्व बजारमा मापदण्डसहित पर्यटकीयस्थल खुल्न थालेका छन्, हामीले पनि अब पर्यटकीयस्थल बन्द गरेर बस्न हुँदैन,’ थापाले भने, ‘पर्यटक र व्यवसायीलाई सुरक्षित बनाउन चाँडो कोरोना विरुद्धको खोप व्यवस्था गरी थलिएको पर्यटनलाई उठाउनुपर्छ ।’

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  ४ : ३९ बजे

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने