६ पुस २०८२, आइतबार | December 21, 2025

रुपन्देहीको मोतीपुरमा जग्गा अतिक्रमण रोक्न प्रशासनले लगायो निषेधाज्ञा



बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर परिषरमा सुकुम्वासीका नाममा जग्गा कब्जा गर्न शुरु गरिएपछि स्थानीय प्रशासनले अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ । औद्योगिक करिडोरको जग्गामा रातको समयमा अतिक्रमण गर्ने र बस्ती बसाल्ने क्रम नरोकिएपछि स्थानीय प्रशासनले त्यस क्षेत्रलाई वरपर निषेधित क्षेत्र घोषणा गरेको हो।

करिडोर क्षेत्रमा सुकुम्बासीहरुलाई भेला जम्मा गरी सुकुम्बासी बस्ती बसाउन प्रयास गरेकाले उक्त क्षेत्रमा आवतजावत भेला जम्मा नहुन नगर्नका लागि कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गर्दै २८ भदौ देखि अर्को सूचना जारी नहुँदा सम्म लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

निषेधित क्षेत्र पूर्व तिनाउ नदी (बुटवल उपमहानगरपालिका वडा नंं १७ शिवनगर देखि वडा नं १८ सौरहिया पुल सम्म), पश्चिम हरिहरपुरको खोतियोग्य जमिन (बुटवल उपमहानगरपालिका वडा नं. १७, उत्तर तर्फ शिवनगर रानीगाउ बस्ति बुटवल उपमहानगरपालिका वडा नं १७, दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं. १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहिया सम्म) तोकिएको छ ।

निषेधित क्षेत्र भित्र निषेध गरिएका कृयाकलाप भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कार्बाही गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ८ : ४४ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र