२१ चैत्र २०८२, शनिबार | April 4, 2026

देश बजेट होलिडेमा प्रवेश गर्दै, प्रधानमन्त्री देउवा भन्छन् – हिजो जसरी चलेको थियो त्यसैगरी चल्छ



विनियोजन विधेयक स्वीकृत भएपनि बजेट पारित हुन भने बाँकी छ । भदौ ३० गतेभित्र बजेट पारित नभएका कारण असोज १ गतेदेखि केही दिन बजेट होलिडे हुने पक्का भएको छ । बजेट होलिडे हुँदा सरकारले दैनिक खर्च चलाउन समेत पाउँदैन ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित नभएकै कारण सरकारी खर्च गर्न नरोकिने बताएका छन् ।

एमालेको अवरोधका बीच प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक स्वीकृत भए पनि पारित हुन बाँकी रहेका कारण असोज १ गतेदेखि बजेट होलिडे हुँदैछ । बजेट होलिडे हुँदा सरकाले नियमानुसार दैनिक खर्च चलाउन समेत पाउँदैन ।

तर प्रधानमन्त्री देउवाले भने सरकारी खर्चको लागि समस्या नहुने बताएका हुन् । संसद् भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा संक्षिप्त प्रतिक्रिया व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भने, ुहिजो जसरी खर्च चल्यो त्यसरी नै चल्छ ।’

तर अर्थमन्त्री जनार्दन शर्माले भने पाँच सात दिन सरकारी खर्च रोकिन सक्ने बताएका छन् । बजेट प्रतिस्थापन विधेयक पारित नहुँदा पाँच सात दिन खर्च रोकिन सक्ने बताउँदै अर्थमन्त्र शर्माले त्यसले खासै फरक नपार्ने बताए । शर्माले भने, ‘सहमति भए सहमतिअनुसार पारित गर्छौं । सहमति नभए नियमित प्रक्रिया पूरा गर्छौं । पारित गर्नका लागि केही समय ग्याप रह्यो भने केही समय खर्च गर्न नसक्ने पनि हुन सक्छ । वार्ता संवादबाट कोसिस चलिरहेको छ । कर उठाउने विशेष व्यवस्था छ । त्यसैअनुसार कर उठ्छ ।’

 

 

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ३ : ०२ बजे

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ

तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

बिर्तामोड । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौं । वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हालेकोमा अष्ट्रेलियाले

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र