१८ आश्विन २०८३, आइतबार | October 5, 2026

लुम्बिनी क्षेत्रको विकासमा प्रदेश सरकार प्राथमिकताका साथ अगाडि बढ्छ : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले प्रदेशभित्रै रहेको लुम्बिनी क्षेत्र र गौतम बुद्ध विश्वकै ऐतिहासिक साँस्कृतिक सम्पत्ति रहेकोले प्रदेश सरकारले गौरवको आयोजनामा राखेर लुम्बिनी क्षेत्रको विकासका लागि प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन् ।

लुम्बिनी विकास कोषले शनिबार लुम्बिनीममा आयोजना गरेको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री केसीले नेपाललाई चिनाउको लागि लुम्बिनी एउटा महत्वपूर्ण सम्पति भएको बताए । उनले प्रदेशको नामाकरण नै लुम्बिनीबाट राखेको प्रदेशकोको लुम्बिनीले पहिचान बोकेको बताउँदै प्रदेश सरकारले लुम्बिनी क्षेत्रमा एउटा सुविधायुक्त बर्थिङ सेन्टर खोल्ने तयारी गरेको जानकारी दिए ।

मुख्यमन्त्रीले केसीले लुम्बिनी प्रदेस सरकारले लुम्बिनीलाई प्रदेशकै साँस्कृतिक शहर निर्माण गर्ने, बुटवललाई औद्योगिक क्षेत्र बनाउने र प्रदेशका आम नागरिकलाई पायक पर्ने राप्ती उपत्यकामा प्रदेशको राजनधानी निर्माण गरेको समेत बताए । उनले लुम्बिनीमा विश्वले देख्न सक्ने अशोक स्तम्भ निर्माण गर्ने, बुद्धका जन्मदेखी मृत्युसम्मको सम्झना झल्किने गरी बुद्ध पार्क निर्माण गर्ने तर्फ सरकारले योजना बनाएको बताए ।

उनले लुम्बिनी क्षेत्रमा पर्यटक आकर्षण गर्नका लागि लुम्बिनी क्षेत्रमा रहेको साँस्कृतिक एवं ऐतिहासिक सम्पितिलाई संरक्षण गर्दै आधुनिक सूचना प्रविधिलाई जोड्न विकास कोषका पदाधिकारीलाई आग्रह गरे । उनले लुम्बिनी क्षेत्रमा गौतम बुद्ध, माया देवी लगायतको बारेमा डिजिटल बोर्ड निर्माण गरी सूचनालाई प्रविधिबाट सबै पर्यटकलाई जानकारी गराउनका विकास कोषलाई आग्रह गरे ।

मुख्य मन्त्री केसीले लुम्बिनी क्षेत्रको उत्तरमा अम्रपाली आपको विरुवा समेत रोपेका छन् ।

कार्यक्रममा बोल्दै प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले लुम्बिनी क्षेत्र विश्व सम्पदामा रहेको शान्तिका उर्वर भूमी भएको बताए । उनले लुम्बिनीको समग्र विकासका लागि लुम्बिनी प्रदेश सरकारब सहयोग गर्नका लागि तयार रहेको बताए । विकासका लागि लुम्बिनी विकास कोषसँग प्रदेश सरकार हातेमालो गरेर अगाडि बढ्ने मनत्री चौधरीले प्रतिबद्धता ब्यक्त गरे ।

 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १२ : ४४ बजे

कांग्रेस १५ औँ महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन

उद्योगी व्यवसायीको राजनीतिमा महत्वपूर्ण भूमिका हुने

नेपालगन्ज । एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघले नेपालगन्जमा

तल्लो सिद्धबाबामा मोटरसाइकल दुर्घटनाहुँदा गुल्मीका युवकको मृत्यु

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै

मंसिर १६-२७ गतेसम्म सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने, ३२ खेल समावेश

सुर्खेत । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय