२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

भोकभोकै ड्युटी गर्ने प्रहरीलाई नागरिकको खाजा



बुटवल । चैत्रको तेस्रो सातादेखि सडकमा पैदल यात्रा गरिरहेका श्रमिकहरुलाई लगातार खाना खुवाउने काममा सक्रिय बुटवल उप महानगर पालिका वार्ड नम्बर १ पुरानो बटौलीका युवा टोलिले आजबाट लकडाउन कार्यान्वयनमा खटिईरहेका सुरक्षाकर्मीलाई खाजा खुवाउन सुरु गरेको छ ।

सरकारले लकडाउनको घोषणा गरेसंगै चर्को घाममा नगरका बिभिन्न चोकहरुमा ड्युटि गरिरहेका सुरक्षा कर्मीलाई हरेक दिन खाजा खुवाईने टिमले जनाएको छ । एबिसी न्युजले सडकमा भोकै श्रमिकहरु पैदल यात्रा गरिरहेको खबर प्रशासरण गरे लगत्तै उपमहानगरको वार्ड नम्बर १ का अध्यक्ष महेन्द्र लिगलको अगुवाईमा पुरानो बटौलीको युवाहरु संलग्न टोलि बनेको थियो ।

टोलीले हाल सम्म १ हजार १ सय बढी श्रमिकहरुलाई सडकमै खाना बनाएर खुवाएको छ । सडकमा पैदल आउने श्रमिकहरुको संख्यामा कमी आए संगै टोलि सुरक्षामा खटिने प्रहरीहरुलाई खाजा खुवाउने काममा जुटेको टोलिका अगुवा वार्ड अध्यक्ष महेन्द्र लिगलले बताउनुभयो ।

तराईको चर्को गर्मीको प्रबाह नगरि सरकारको निर्देशन कार्यान्वयन गर्न जुटेका प्रहरीहरुलाई ड्युटि छाडेर खाजा खान जाने अवसर नमिल्नुका साथै लकडाउनका कारण नगर क्षेत्रमा होटल रेष्टुरेन्टहरु समेत बन्द भएकाले उनीहरुलाई खाजाको ब्यवस्था गरिएको लिगलले बताउनुभयो । बुटवल आसपासमा मात्र १०० बढी सुरक्षाकर्मीले लकडाउन पालना गराउने क्रममा बिहान देखि बेलुका सम्म ड्युटी गरिरहेका छन् ।

सामान्यबेला चोक र बजार क्षेत्रमा होटल रेष्टुरेण्टहरुमा चिया खाजा खाने गरेका सुरक्षाकर्मीले लकडाउनका कारण सबै बजार बन्द भएपछि भोकै खटिन बाध्य बनेका हुन् । आज मात्र टोलिले बुटवल उपमहानगरका बिभिन्न चोकहरुमा खटिएका ६५ बढी सुरक्षाकर्मीलाई खाजा बितरण गरेको पुरानो बटौलीको युवा टोलिका एक सदस्य प्रबिन उदयले बताउनुभयो ।

लकडाउन कायम रहंदा सम्म सुरक्षाकर्मीहरुलाई भोकै ड्युटि गर्नु नपर्ने गरि खाजाको ब्यवस्था गरिने उदयले बताउनुभएको छ । उहाका अनुसार हरेक दिन नेपाली परम्परा अनुसारका परिकारहरु बनाएर खाजा बितरण गरिने छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ४ : ०५ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक