१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

परिक्षणकालिन सवारी चालक अनुमति पत्र सेवा शुरु



बुटवल । लुम्बिनी प्रदेशको श्रम, रोजगार तथा यातायात ब्यवस्था मन्त्रालय, यातायात ब्यवस्थापन कार्यालय सवारी चालक अनुमतिपत्रबाट परिक्षणकालिन सवारी चालक अनुमति पत्र सेवा शुरु गरिएको छ ।

एक समारोहकाबिच प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले सवारी पत्र प्रिन्ट गरि औपचारिक उद्घाटन गरेका छन । मुख्यमन्त्री केसीले १० जना सेवाग्राहीलाई सवारी चालक प्रमाणपत्र हस्तान्तरण पनि गरे ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले नेपालमै लुम्बिनी प्रदेशमा पहिलोपल्ट यो सेवा शुरु गरेको दाबी गरे । सेवाग्राहीबाट धेरै समस्याको गुनासो आईरहेको बेला यो परिक्षणका रुपमा सेवा शुरु गरेको उनले बताए ।

कार्यालयका प्रमुख तेजनारायण यादवले कार्यालयबाट नया सवारी चालक अनुमति पत्रको प्रिन्ट शुरु भएको बताए । अबको एक हप्तामा नविकरणको काम समेत शुरु हुने भन्दै यसका लागि आवश्यक प्राविधिक तयारी भैरहेको बताए ।

श्रम तथा रोजगार मन्त्रालयका मन्त्री पुरमती ढेगामगर, सभासद बैजनाथ कलवारले नया सेवासंगै सेवाग्राहीलाई राहत मिल्ने बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ६ : ३२ बजे

दानव नदीमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा

प्रधानाध्यापकले छात्रवृत्ति रकम हिनामिना गरेपछि….

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : स्वास्थ्य बीमा बोर्ड

काठमाडौं । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा