२ भदौ २०८३, मंगलबार | August 19, 2026

नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय समिति बैठक आज बस्दै



काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय समिति बैठक आज बस्न लागेको छ ।

करिब एक महिना अगाडि नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । क्वालिटी ब्यांकेट बुद्धनगरमा बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

एक महिनाअघि नेकपा ९एमाले० विभाजन भएर एकीकृत समाजवादी गठन भएको थियो । माधवकुमार नेपालको नेतृत्वमा गठिन एकीकृत समाजवादीको आज पहिलो केन्द्रीय समिति बैठक बोलाइएको हो ।

आज बस्ने केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संगठन विस्तार लगायतका विषयमा छलफल हुने जनाइएको छ । पार्टीका विभिन्न विभाग, जनवर्गीय संगठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका विषयमा पनि छलफल हुने जनाइएको छ ।

यससँगै बैठकले केही नेताको विभाग हेरफेर गर्ने केही नेतालाई नयाँ जिम्मेवारी तोक्न सक्ने एक नेताले बताए । एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा ११३ केन्द्रीय सदस्य सहभागी हुनेछन ।

एकीकृत समाजवादीले ५५ जिल्लामा जिल्ला समिति गठन गरिसकेको छ । अन्य जिल्लामा पनि गठनको प्रक्रिया चलिरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : २४ बजे

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन

काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति