२९ मंसिर २०८२, सोमबार | December 15, 2025

गुल्मीमा पहिरोले घर पुरिदा एकै परिवारका तीन जनाको मृत्यु



गुल्मी । गुल्मीमा पहिरोले घर पुरिदा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्कामा तिलक परियारको घर माथिबाट पहिरो आई घरको कोठामा सुतिरहेका छोरीहरु २१ बर्षकी भावना परियार र १४ बर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

राती करिब १ बजे घरमाथिबाट पहिरो आई घरको वाल भत्किदा एउटै कोठामा सुतिरहेका तीनै जनाको पुरिएर मृत्यु भएको र पुरिएका उनीहरुको शव स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको प्रहरीले जनाएको छ ।

उनीहरुको शवलाई अहिले गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ । तिलक परियार, उनकी श्रीमती र अर्की छोरी सुरक्षित रहेको र उनीहरुलाई छिमेकीको घरमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ६ : ५३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले