११ श्रावण २०८३, सोमबार | July 28, 2026

खाद्य कम्पनीको प्रादेशिक गोदाम सिल



सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णाली पठाएको चामलको गुणस्तरमा प्रश्न उठेपछि सिल गरिएको छ ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालयले कम्पनीको प्रादेशिक गोदाममा रहेको झण्डै दुई हजार क्विन्टल चामल सिल गरेको हो । कार्यालयले जिल्ला प्रशासन, प्रहरी प्रतिनिधिका साथै उपभोक्ता अधिकारकर्मीको रोहबरमा नमूना सङ्कलन गरेको छ ।

डिभिजन कार्यालयका प्रमुख खाद्य निरीक्षक भेषबहादुर थापाले सङ्कलित नमूना प्रयोगशाला पठाइने जानकारी दिए । प्रयोगशालाबाट परीक्षण रिपोर्ट नआउञ्जेल कम्पनीलाई उक्त चामल बिक्रीवितरणमा रोक लगाइएको छ ।

कम्पनीको केन्द्रीय गोदामबाट कर्णाली प्रदेशका लागि पठाएकोमध्ये हाल मौज्दात एक हजार ९७५ क्विन्टल बासमती चामल सिल गरिएको हो ।

सिल गरिएको चालमको प्याकिङ २०७८ वैशाख २२ गते उल्लेख छ । प्याकिङ मितिको दुई वर्षसम्म चामल खानयोग्य मानिन्छ ।

म्याद गुज्रेको, कुहिएको चामल कर्णाली पठाएको भन्ने चर्चा चलेपछि खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले आज अनुगमन गरेको हो ।

खाद्य निरीक्षक थापाले यसअघि खाद्य प्रविधि विभागले ‘खान अयोग्य’ भनी सिफारिस गरेको चामल नष्ट गरिएको हो वा होइन भन्नेबारे विभागले नै छानबिन गर्ने बताए ।

‘हामीले नमूना सङ्कलन गरी केन्द्रीय प्रयोगशालामा पठाउने हो, प्रयोगशालाले गुणस्तरबारे रिपोर्ट दिएपछि मात्रै गुणस्तरबारे थाहा हुन्छ,’ उनले भने, ‘विभागले नष्ट गर्नु भनेकै चामल खाद्य कम्पनीले यहाँ पठाएको हो कि होइन छानबिनबाट पनि पत्ता लाग्छ ।’

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ७ : ५९ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला