२३ चैत्र २०८२, सोमबार | April 7, 2026

सकियाे एकिकृत समाजवादीको पदाधिकारीको जिम्मेवारी बाँडफाँट, बेदुराम महासचिव, रामकुमारी सचिव (सूचीसहित)



काठमाडौं । नवगठित नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गर्ने कार्य सम्पन्न गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्दै नेताहरुको कार्यविभाजन गरेको हो ।

बैठकले एकिकृत समाजवादीको पदाधिकारीहरुमा माधवकुमार नेपालको अध्यक्षतामा झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् भने मुकुन्द न्यौपानेलाई नेपाल र खनालपछि तेस्रो वरियतामा राखिएको छ ।

केन्द्रीय कमिटीबाट पारित बिधान बमोजिम सात जना उपाध्यक्षमा क्रमशः राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ प्रसाद साह र जयन्ती राईलाई जिम्मेवारी तोकिएको छ । एकिकृत समाजवादीको महासचिवको जिम्मेवारी बेदुराम भुसाललाई दिईएको छ भने तीन उपमहासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल रहेका छन् । त्यसैगरी चार जनाले सचिवको जिम्मेवारीमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री छन् ।

३५ सदस्यीय स्थायी कमिटी बनाइृएको सो पाटील्े पूर्ण र वैकल्पिक गरी ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । बिधानको व्यवस्था अनुसार ७१ सदस्यीय पोलिटब्युरो गठन गरेको पनि एकिकृत समाजवादी पार्टीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ४ : ३० बजे

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई खेलकुद सामाग्री

नेपालगन्ज । विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षा, बुधवार धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै