१७ बैशाख २०८१, सोमबार | April 29, 2024

सकियाे एकिकृत समाजवादीको पदाधिकारीको जिम्मेवारी बाँडफाँट, बेदुराम महासचिव, रामकुमारी सचिव (सूचीसहित)



काठमाडौं । नवगठित नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गर्ने कार्य सम्पन्न गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्दै नेताहरुको कार्यविभाजन गरेको हो ।

बैठकले एकिकृत समाजवादीको पदाधिकारीहरुमा माधवकुमार नेपालको अध्यक्षतामा झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् भने मुकुन्द न्यौपानेलाई नेपाल र खनालपछि तेस्रो वरियतामा राखिएको छ ।

केन्द्रीय कमिटीबाट पारित बिधान बमोजिम सात जना उपाध्यक्षमा क्रमशः राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ प्रसाद साह र जयन्ती राईलाई जिम्मेवारी तोकिएको छ । एकिकृत समाजवादीको महासचिवको जिम्मेवारी बेदुराम भुसाललाई दिईएको छ भने तीन उपमहासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल रहेका छन् । त्यसैगरी चार जनाले सचिवको जिम्मेवारीमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री छन् ।

३५ सदस्यीय स्थायी कमिटी बनाइृएको सो पाटील्े पूर्ण र वैकल्पिक गरी ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । बिधानको व्यवस्था अनुसार ७१ सदस्यीय पोलिटब्युरो गठन गरेको पनि एकिकृत समाजवादी पार्टीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ४ : ३० बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।