२० बैशाख २०८१, बिहिबार | May 3, 2024

क्रिकेट स्टार शाहिद अफ्रिदी आइतबार बिहान माउन्टेन फ्लाइटमा जाने



काठमाडौं । क्रिकेट स्टार शाहिद अफ्रिदी माउन्टेन फ्लाइटमा जाने भएका छन् ।

एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आएका पाकिस्तानी स्टार क्रिकेटर अफ्रिदी आइतबार बिहान माउण्टेन फ्लाइटमा जाने भएका हुन् । उनको फ्लाइटको व्यवस्थापन यति एयरलाइन्सले गर्नेभएको छ ।

काठमाडौं किङ्ग्स ११बाट ईपीएल खेल्न नेपाल आएका अफ्रिदीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालको प्राकृतिक सुन्दरताबाट आफु प्रभावित भएको बताएका थिए । नेपालमा मुख्य पर्यटकीय सिजन सुरु हुनै लाग्दा अफ्रिदीको गर्न लागेको माउन्टेन फ्लाइटबाट नेपालको पर्यटन प्रवद्र्धन हुनसक्ने पर्यटन व्यवसायीहरुले बताएका छन् ।

एयरलाइन्सहरुले माउन्टेन फ्लाइट सुरु गरिसकेका छन् । नेपालमा बुद्ध र यति एयरलाइन्सले माउन्टेन फ्लाइट गर्छन् ।

अफ्रिदीले दराज, शिवम सिमेन्ट, बजाज पल्सर, टिभिएस लगायतका ब्रान्डले गर्ने कार्यक्रममा पनि सहभागिता जनाउने भएका छन् ।

पाकिस्तानी क्रिकेट स्टार अफ्रिदी विश्वकै चर्चित क्रिकेटर हुन् । नेपाल भित्रको खेल खेल्न विश्वस्तरको यति ठूलो स्तरको खेलाडी पहिलोपटक आएका हुन् ।

क्रिकेटस्टर अफ्रिदीको नेपाल भ्रमणबाट नेपाल पाकिस्तानबीच रहेको जनस्तरको सम्बन्ध समेत मजबुद हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ६ : ०६ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक