२४ मंसिर २०८२, बुधबार | December 11, 2025

इपीएल क्रिकेट : आज विराटनगर र चितवन, भैरहवा र पोखरा भिड्दै



काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज दुई वटा खेल हुँदै छन ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आज बिहान ९ः३० बजे विराटनगर वारिवर्स र चितवन टाइगर्सबीच खेल हुने भएको हो ।

करण केसीको नेतृत्वमा विराटनगर र सोमपाल कामीको नेतृत्वमा चितवन मैदानमा उत्रिनेछन् । दुवै टिमको लक्ष्य सुखद सुरुआत गर्ने रहेको छ ।

त्यस्तै, आज अपराह्न १ः३० बजे दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । भैरहवाको नेतृत्व शरद भेषवाकरले र पोखराको नेतृत्व विनोद भण्डारीले गर्नेछन् ।

शनिबारदेखि सुरु भएको इपीएलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स इलेभनले कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गरेको थियो । इपीएलको विजेताले ५० लाख पुरस्कार पाउँदा उपविजेताले १५ लाख पाउने छ । प्रतियोगिता २३ असोजसम्म चल्नेछ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : ०२ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल