२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

कांग्रेस नगर अघिवेशन : भक्तपुर जिल्लाका चारवटै पालिकामा मतदान सुरु



भक्तपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा मतदान सुरु भएको छ ।

नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा दुई समूहले उम्मेदवारी दर्ता गराएपछि आज बिहान ८ बजेबाट मतदान सुरु भएको हो । मतदान १२ बजे सम्पन्न हुने र आजै साँझसम्म परिणाम आउने गरी निर्वाचन समितिले काम गरेको कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए ।

अधिवेशनमा भक्तपुर नगरपालिकाको वर्तमान सभापतिमा राम कासुला र राजेन्द्र तमखुको नेतृत्वको दुई समूहबीच प्रतिस्पर्धा भएको छ । कासुलाको नेतृत्वमा उपसभापतिमा प्रकाश जोन्छें र किरण प्रजापति, सचिवमा कृष्णसुन्दर खाइतु र अनिश सुवाल, सहसचिवमा शान्ति कासुला र रवीन्द्र खड्काले उम्मेदवारी दिएका छन् ।

अर्को समूहबाट सभापतिमा तमखुको नेतृत्वमा उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैलले उम्मेदवारी दिएका छन् ।

त्यस्तै मध्यपुर थिमिको नगर सभापतिमा वर्तमान सभापति सुरेन्द्र श्रेष्ठ र हरिदास प्रजापतिबीच प्रतिस्पर्धा भएको छ । श्रेष्ठको समूहबाट उपसभापतिमा बालकृष्ण प्रजापति र दानकृष्ण प्रजापति, सचिवमा दिनेश श्रेष्ठ र सविन प्रजापति, सहसचिवमा ओम जिमा श्रेष्ठ र प्रविन ह्याजु प्रतिस्पर्धामा छन् भने प्रजापतिको समूहबाट उपसभापतिमा अनिल श्रेष्ठ र सीताराम कुटु, सचिवमा राम थापामगर र रवि घजु तथा सहसचिवमा विजय प्रजापति र जीवन श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

त्यसैगरी सूर्यविनायक नगर सभापतिमा जिल्ला सचिव निशान ढुङ्गेल र वर्तमान उपसभापति रवि राणाबीच प्रतिस्पर्धा भएको छ । ढुङ्गेलको नेतृत्वमा उपसभापतिमा रमण कायस्थ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढुङ्गाना र सुरेश केसी प्रतिस्पर्धामा छन् ।

यस्तै राणाको नेतृत्वमा उपसभापतिमा दिनेश न्यौपाने र महेश केसी, सचिवमा उपेन्द्र तिमलसिना र लक्ष्मण थापा, सहसचिवमा रुपक न्यौपाने र राम गोतामेले प्रतिस्पर्धा गरेका छन् ।

चाँगुनारायण नगरपालिकामा भने वर्तमान सभापति शिवहरि केसी र गोपाल पौडेल समूह प्रतिस्पर्धा हुने भएको छ । केसीको नेतृत्वमा उपसभापतिमा राजकुमार दाहाल र दिनेशराज गिरी, सचिवमा दिनेश थापा र सिजन कार्की तथा सहसचिवमा गोकर्ण पुरी र चन्द्रखेशर खत्रीले उम्मेदवारी दिएका छन् ।

पौडेलको नेतृत्वमा उपसभापतिमा सञ्जीवप्रसाद दुलाल र रितेश खड्का, सचिवमा उद्धवप्रसाद अधिकारी र जयनाथ गिरी तथा सहसचिवमा पुष्कर खड्का र पुकार पराजुलीको उम्मेदवारी छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १० : १५ बजे

नेपाल टेलिकमको सेवामा सुधार : डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै

जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी

प्रधानमन्त्री शाहले किन बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक ?

काठमाडौं । बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका

होटल पौवाको १० औँ वार्षिकोत्सव : देशभर ‘स्वाद उत्सव’, लगानी सम्मेलन र ‘शुभकामना साँझ’ आयोजना हुने

बुटवल । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई

काठमाडौंको पिंगलास्थानमा प्रहरीले चलायो गोली, एक किलोभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना