२६ बैशाख २०८१, बुधबार | May 8, 2024

नेपाल र चीनबीचको सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री खाँणलाइ बुझायो प्रतिवेदन



काठमाडौं । नेपाल र चीनको सीमाबारे अध्ययन गर्न गठन गरेको समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । अध्ययन पछि समितिका संयोजक गृहमन्त्रालयका सचिव जयनारायण आचार्यले गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाएको हो ।

भदौ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गर्न समिति बनाएको थियो । ‘स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्य तथ्य जानकारी समेटेर प्रतिवेदन बनेको छ । यसले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ,’ मन्त्री खाणले भने, ‘यहाँहरूले औल्याउनु भएका विषयबस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ ।’

समितिले स्थलगत अध्ययन गरेर ल्याएको प्रतिवेदन अध्ययन गरी कार्यान्वयन गर्न पहल गर्ने प्रतिवद्धता गृहमन्त्री खाणले गरेका थिए । गठित समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागकका सहअनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : ५७ बजे

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले