२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

नेपाल र चीनबीचको सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री खाँणलाइ बुझायो प्रतिवेदन



काठमाडौं । नेपाल र चीनको सीमाबारे अध्ययन गर्न गठन गरेको समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । अध्ययन पछि समितिका संयोजक गृहमन्त्रालयका सचिव जयनारायण आचार्यले गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाएको हो ।

भदौ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गर्न समिति बनाएको थियो । ‘स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्य तथ्य जानकारी समेटेर प्रतिवेदन बनेको छ । यसले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ,’ मन्त्री खाणले भने, ‘यहाँहरूले औल्याउनु भएका विषयबस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ ।’

समितिले स्थलगत अध्ययन गरेर ल्याएको प्रतिवेदन अध्ययन गरी कार्यान्वयन गर्न पहल गर्ने प्रतिवद्धता गृहमन्त्री खाणले गरेका थिए । गठित समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागकका सहअनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : ५७ बजे

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको

नौ दिनमै क्यान बोर्ड सदस्यबाट गुञ्जन शाहलाई फिर्ता बोलाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नौ दिनमै नेपाल क्रिकेट

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो, २३.९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा

पश्चिम नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना

काठमाडौं। पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन