४ पुस २०८२, शुक्रबार | December 19, 2025

विश्व पर्यटन दिवस : लुम्बिनी प्रवेशद्वारकै फोहोर सातादेखि उठेन



बुटवल । आज विश्व पर्यटन दिवस । भारत तथा तेस्राे मुलुकबाट पर्यटक नेपाल आइरहेका छन् । पर्यटन दिवस मनाइरहदा गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरमा भने पर्यटकलाई फोहाेरले स्वागत गरिरहेको छ । एक सातादेखि सिद्धार्थनगरको फोहर उठ्न सकेको छैन ।

फोहाेर सडकमा छरिएकाे छ । सिद्धार्थनगर दुर्गन्धित बनेको छ । भैरहवा हुँदै लुम्बिनी तथा अन्य पर्यटकीय क्षेत्र जाने पर्यटक माझ सहरमा थुप्रिएको फोहोरले नकारात्मक सन्देश जाने संस्कृतिविद् गितु गिरीले बताए ।

नगरपालिकामा डम्पिङ साइट नहुँदा नगरबाट फोहाेर संकलन गरेर डण्डा खोला छेउमा थुपार्ने गरिएको छ । तर, स्थानीयले नगरमा संकलित फोहाेरका लागि नगरपालिकाले योजना बनाएर अगाडि बढ्नुपर्ने र अब डण्डा खोला नजिक फोहोर फाल्न नदिने बताउँदै आएका छन् ।

सिद्धार्थनगर नगरपालिकाले रुपन्देहीको ओमसतिया गाउँपालिका-५ पट्खौलीमा खरिद गरेको जग्गामा पनि स्थानीयको अवरोधपछि त्यत्तिकै अलपत्र परेको छ ।

स्थानीय आशिष पन्तले सडकमै फोहाेर थुप्रिदा सहर दुर्गन्धित भएको बताए । उनले पटकपटक नदी किनारमा फोहोर नफाल्न माग गर्दै स्थानीयले अवरोध गरेकाले स्थानीय सरकारले यसतर्फ दीर्घकालिन योजना बनाउनु पर्नेमा जोड दिए ।

प्रख्यात बन्जाडेले २०७६ चैतको लकडाउनअघि नै नगरपालिकालाई फोहाेरमैला व्यवस्थापन गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाइए पनि नगरपालिकाले यसतर्फ चासो दिन नसकेको बताए । प्लास्टिक पनि पूर्ण रुपमा निषेध गर्नुपर्ने उनकाे भनाइ छ ।

सिद्धार्थनगर-२ का वडा सदस्य दीपेशप्रताप शाहीले करिब ३० वर्षदेखि एउटै ठाउँमा ल्याएर फोहाेर थुपारिएको बताए । यस क्षेत्रमा स्वर्गद्वारीघाट समेत निर्माण भइरहेको अवस्थामा अब नदी र नदी किनारलाई स्वच्छ र सफा राख्नुपर्ने उनको भनाइ छ ।

सिद्धार्थनगर नगरपालिकाका वातावरण तथा सरसफाइ शाखा प्रमुख केशव पौडेलले स्थानीयको अवरोधका कारण फोहाेर फाल्न नसकिएकाले फोहोर सडकमा थुप्रिएको बताए । उनले भने, ‘फोहोर बोक्ने गाडी जान नसकेकाले फोहोर फाल्न सकिएको छैन, स्थानीयले व्यवस्थित गर्ने कुरा गर्नुभएको छ, यसको लागि नगरपालिकाले पहल गरिरहेको छ ।’

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १० : १३ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा