२४ भदौ २०८३, बुधबार | September 9, 2026

विश्व पर्यटन दिवस : लुम्बिनी प्रवेशद्वारकै फोहोर सातादेखि उठेन



बुटवल । आज विश्व पर्यटन दिवस । भारत तथा तेस्राे मुलुकबाट पर्यटक नेपाल आइरहेका छन् । पर्यटन दिवस मनाइरहदा गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरमा भने पर्यटकलाई फोहाेरले स्वागत गरिरहेको छ । एक सातादेखि सिद्धार्थनगरको फोहर उठ्न सकेको छैन ।

फोहाेर सडकमा छरिएकाे छ । सिद्धार्थनगर दुर्गन्धित बनेको छ । भैरहवा हुँदै लुम्बिनी तथा अन्य पर्यटकीय क्षेत्र जाने पर्यटक माझ सहरमा थुप्रिएको फोहोरले नकारात्मक सन्देश जाने संस्कृतिविद् गितु गिरीले बताए ।

नगरपालिकामा डम्पिङ साइट नहुँदा नगरबाट फोहाेर संकलन गरेर डण्डा खोला छेउमा थुपार्ने गरिएको छ । तर, स्थानीयले नगरमा संकलित फोहाेरका लागि नगरपालिकाले योजना बनाएर अगाडि बढ्नुपर्ने र अब डण्डा खोला नजिक फोहोर फाल्न नदिने बताउँदै आएका छन् ।

सिद्धार्थनगर नगरपालिकाले रुपन्देहीको ओमसतिया गाउँपालिका-५ पट्खौलीमा खरिद गरेको जग्गामा पनि स्थानीयको अवरोधपछि त्यत्तिकै अलपत्र परेको छ ।

स्थानीय आशिष पन्तले सडकमै फोहाेर थुप्रिदा सहर दुर्गन्धित भएको बताए । उनले पटकपटक नदी किनारमा फोहोर नफाल्न माग गर्दै स्थानीयले अवरोध गरेकाले स्थानीय सरकारले यसतर्फ दीर्घकालिन योजना बनाउनु पर्नेमा जोड दिए ।

प्रख्यात बन्जाडेले २०७६ चैतको लकडाउनअघि नै नगरपालिकालाई फोहाेरमैला व्यवस्थापन गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाइए पनि नगरपालिकाले यसतर्फ चासो दिन नसकेको बताए । प्लास्टिक पनि पूर्ण रुपमा निषेध गर्नुपर्ने उनकाे भनाइ छ ।

सिद्धार्थनगर-२ का वडा सदस्य दीपेशप्रताप शाहीले करिब ३० वर्षदेखि एउटै ठाउँमा ल्याएर फोहाेर थुपारिएको बताए । यस क्षेत्रमा स्वर्गद्वारीघाट समेत निर्माण भइरहेको अवस्थामा अब नदी र नदी किनारलाई स्वच्छ र सफा राख्नुपर्ने उनको भनाइ छ ।

सिद्धार्थनगर नगरपालिकाका वातावरण तथा सरसफाइ शाखा प्रमुख केशव पौडेलले स्थानीयको अवरोधका कारण फोहाेर फाल्न नसकिएकाले फोहोर सडकमा थुप्रिएको बताए । उनले भने, ‘फोहोर बोक्ने गाडी जान नसकेकाले फोहोर फाल्न सकिएको छैन, स्थानीयले व्यवस्थित गर्ने कुरा गर्नुभएको छ, यसको लागि नगरपालिकाले पहल गरिरहेको छ ।’

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १० : १३ बजे

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको

गुल्मीमा घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००