१६ बैशाख २०८३, बुधबार | April 29, 2026

ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहबीच सम्झौता



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र गुल्मी जिल्लाका स्थानीय तहहरुबीच हेफर नेपालको समन्वयमा बाख्रापालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरुलाई प्रोत्साहन गरी वित्तीय मुलप्रवाहमा पँहुच बढाई कृषि उत्पादन वृद्धि गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ तथा मुसीकोट नगरपालिकाको तर्फबाट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, इस्मा गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्ट, मालिका गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा, मदाने गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष दानबहादुर के।सी। र धुर्कोट गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले संयूक्त रुपमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पत्रमा हेफर नेपालको तर्फबाट बाख्रापालन सामुदायिक विकास परियोजनाका संयोजक अनन्तराज सिलवालले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि, २०७५ (संशोधन सहित) अन्तर्गत मुसीकोट नगरपालिका, इस्मा गाँउपालिका, मालिका गाँउपालिका, मदाने गाँउपालिका, र धुर्कोट गाँउपालिकाको सिफारिसमा हेफर प्रोजेक्ट नेपाल अन्तर्गतको बाख्रा पालन सामुदायिक विकास परियोजनाका लागि उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई (प्रति ग्राहक अधिकतम् दश लाख रुपैया मात्र) सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ भने परियोजना अन्तर्गतका ऋणिहरुलाई हेफर प्रोजेक्ट नेपालले आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवाको पहुँच पुर्याउने ७६ जिल्लामा २८० शाखा, २५० एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २३ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भिर्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ४ : ५४ बजे

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात

सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह

काठमाडौँ । विपक्षी दलहरुले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न