८ माघ २०८२, बिहिबार | January 22, 2026

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?



काठमाडौं । नेपाल आयल निगमले चाडपर्वमा पेट्रोलियम पदार्थको अभाव नहुने स्पष्ट पारेको छ । निगमका निर्देशक वीरेन्द्र गोइतले दशैं, तिहार र छठमा पेट्रोलियम पदार्थको अभाव नहुने जानकारी दिएका हुन् ।

राजधानीमा आयोजित बजार अनुगमन र सरोकारवालाको भूमिका विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै गोइतले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सही अवस्थामा रहेको बताए ।

उनका अनुसार ७९ प्रतिशत इन्धन मौज्दात छ । नेपालमा डिजेल बढी खपत हुने भएकाले कुल खपतको ६० प्रतिशत डिजेल मौज्दात रहेको गोइतले जानकारी दिए । भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको र मौज्दात पनि भएकाले पेट्रोल, डिजेल तथा एलपी ग्यासकोसमेत कुनै अभाव नरहेको उनको भनाइ छ ।

‘जतिबेला पाइपलाइन थिएन रक्सौलमा जामले समस्यारअभाव हुन्थ्यो । अहिले आपूर्तिमा समस्या छैन,’ उनले भने । निर्देशक गोइतले यसपालि पनि दशैं अवधिभर पेट्रोल पम्प खुला रहने उल्लेख गरे । ‘दशैंमा देशभर पम्प खुल्छ । सप्तमी पछि दुई दिन बन्द हुन्छ । तर मागअनुसार खुला हुन्छ,’ उनले भने, ‘चाडपर्वमा पेट्रोलियम पदार्थको अभाव हुँदैन ।’

ग्यासको खपत घट्यो

एलपी ग्यासका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले पनि नेपालमा ग्यासको अभाव नरहेको बताए । कोभिड महामारीले खपत नै घटेकाले पनि चाडपर्वमासमेत अभाव हुने अवस्था नभएको उनको भनाइ छ ।

‘नाकाबन्दी र भूकम्पपछि ग्यासको सायदै अभाव भएको छ । हरेक वर्ष १७ प्रतिशतले खपत वृद्धि भइरहेको छ । तर कोभिड संक्रमण महामारीले झण्डै २० प्रतिशतले खपत घटेको छ । व्यापार नै ३५ प्रतिशतसम्म घटेको छ । त्यसकारण अभाव हुने अवस्था नै छैन,’ उनले भने । नेपालमा उपभोग्य सामग्री र भ्याक्सिनमा समस्या नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ९ : ५९ बजे

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज (फोटो फिचरसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी । लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट

दाङका वनका सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-३ स्थित नमूना महिला सामुदायिक वनमा