२३ बैशाख २०८१, आइतबार | May 5, 2024

परराष्ट्रमन्त्री खड्काको शपथ ग्रहण बदर माग गर्दै सर्वोच्चमा रिट



काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

अधिवक्ता विशाल न्यौपानले खड्को शपथ संविधानको व्यवस्था विपरित भएको भन्दै बदरको माग गर्दै रिट दायर गरेका हुन् ।

यही असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका खड्का यतिबेला राष्ट्र संघको महासभामा भाग लिन अमेरिकामा छन् ।

अधिवक्ता न्यौपानेले संविधानको धारा ८० बमोजिम संघीय कानून नबनाई कसैलाई पनि मन्त्रीको हैसियतमा शपथ ग्रहण नगर्न नगराउन भन्दै अन्तरिम आदेश माग गरेका छन् । उनले कानून नबनेसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न नगराउन समेत माग गरेका छन् ।

रिटमा भनिएको छ, ‘…संघीय कानुनबमोजिमु हुनुपर्नेमा कुनै पनि कानुनी व्यवस्था नगरी अथवा कानुनी स्रोतको अभावमा पद तथा गोपनीयताको शपथ गराइएको हुनाले उक्त गैरसंवैधानिक शपथ बदर गरी शपथसम्बन्धी कानुन निर्माण गरी सोहीबमोजिम शपथ ग्रहणका लागि यो निवेदन लिई उपस्थित भएको छु ।’

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/09/Oath.pdf”]

 

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ३ : ३५ बजे

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका-७

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु