२३ भदौ २०८३, मंगलबार | September 8, 2026

सर्वसाधारणसँग बिरामीलाई सहयोग भन्दै चन्दा उठाउने नक्कली समुह प्रहरी नियन्त्रणमा



बुटवल । सडकमा मृगौला पिडीत, मुटुका बिरामी, दिर्घरोग लागेर उपचार गर्न नसक्ने जस्ता बिभिन्न बहाना बनाएर सहयोग माग्ने ब्यक्ति, समुह र संस्थाहरु आजभोली बजारमा बाक्लै देख्न सकिन्छ । राजमार्गहरुमा बाटो छेकेर, पसलहरुमा सहयोगपेटिका थापेर र सडकहरुमा कपडा थाप्दै सहयोगको रहम उठाउँदै हिँडेको पनि धेरै नै देख्न सकिन्छ । तर ती माग्नेहरु नक्कली बाहाना बनाएर सर्वसाधारणलाई ठग्ने हरु हुने गरेको पत्ता लागेको छ । व्यवसायीकरुपमा नै बाहाना बनाएर नगदी रसिद काट्दै सहयोग रकम उठाउाँदै हिँड्ने एउटा समुह पाल्पा प्हरीको फन्दामा परेको छ ।

पाल्पाको तानसेनबाट प्रहरीले बाहाना बनाएर माग्ने एउटा समुहलाई पक्राउ गरेपछि त्यस्ता माग्नेहरु ठगहरु पनि हुन सक्ने खुलासा भएको हो । पाल्पाको तानसेनमा केहीदिनबाट बिभिन्न बाहानामा सहयोग रकम उठाउँदै हिँड्ने समुहलाई पक्राउ गरिएको पाल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तानसेनको करुवा होटलमा बसेर तानसेन बजारमा बाहाना बनाई नागरिकसँग पैसा उठाउने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा पालुंङटारका दिपक भन्ने प्रदिप गुरुङ, मोरङ उर्लाबारीका धनबहादुर विश्कर्मा, मोरङ शनिश्चरेका राजेश खरेल, झापा कन्काईका केदार बिक र सोही स्थानका सुर्य विश्वकर्मा रहेका छन् ।

उनीहरुबाट प्रहरीले मृगौला पिडितको सहयोग रसिद, चन्दा रसिद, सामाजिक सेवा अभियान नामको नगदी रसिद फेला परेको प्रहरीले जनाउको छ । उनीहरुबाट स्थानीयबासीबाट संकलन गरेको २१ हजार २५५ नगद बरामद भएको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर त्वाँतीले बताए । पक्राउ परेकाहरुले तानसेनमा अवैध अनाधिकृत रुपमा चन्दा संकलन गर्दै गरेको सूचनाका आधारमा स्थानीय करुवा होटलबाट उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

आजभोली पाल्पामा मात्र होईन हरेक बजार र शहरहरुमा बाबाना बनाएर रकम असुल्नेहरु बाक्लै भेटिने गरेको छ । पाल्पा प्रहरीले जस्तै अन्य स्थानमा पनि प्रहरी निगरानी बढाउन जरुरी छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ९ : ०२ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी