११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

सबै प्रदेशका सभामुखहरु बिच भर्चुवल मिटिङ्ग



बुटवल । कोरोना भाइरस (कोभिड-१९) को महाबिपत्तिको चुनौतीलाई संयुक्त रुपमा सामना गर्ने उद्देश्यसहित प्रदेशका सभामुखहरु बिच संयुक्त भिडियो अन्तरसंवाद बैठक अर्थात भर्चुवल मिटिङ्ग सम्पन्न भएको छ ।

प्रदेश नं. ५ का सभामुख माननिय पूर्ण बहादुर घर्तिले प्रदेश भित्र भएका कोरोना रोकथाममा प्रदेश सरकारले गरेका काम कारबाहिको बारेमा जानकारी गराउनको भएको थियो ।

भिडियो अन्तरसंवाद तथा अन्तरक्रिया कार्यक्रममा सहभागि बिभिन्न प्रदेशका सभामुखहरुले नविनतम प्रबिधिको प्रयोग र बर्तमान अवस्थाका चुनौतीहरुको सामना गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

सम्पुर्ण मानव जगतमाथि आईलागेको महाबिपत्तीका बेला दलिय स्वार्थ र आग्रह पुर्वाग्रह त्यागेर एकताबद्ध भै अघि बढ्नुको बिकल्प नरहेको उल्लेख गर्दै सभामुखहरुले समस्या समाधानमा जुट्नु पर्ने बेला आएको बताउनुभयो ।

प्रदेश पाँचका सभामुख पुर्णबहादुर घर्तीका अनुसार कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले आयोजना गर्नुभएको सो भिडियो संवादको संयोजन युएनडिपीले गरेको थियो ।

सो संवादमा प्रदेश २ का सभामुख सरोजकुमार यादव, बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, गण्डकी प्रदेशका सभामुख नेत्रलाल अधिकारी, प्रदेश पाँचका सभामुख पुर्णबहादुर घर्ति, कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही, सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा लगायत उपसभामुखहरु र प्रदेश सभाका सचिवहरुको समेत सहभागिता रहेको थियो उक्त सम्वादमा बिश्वब्यापी महामारीका रुपमा फैलिईरहेको कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारमा प्रदेश सभाका सभामुख एवं प्रदेश सभाका सदस्यहरुको भुमिका कस्तो हुने भन्ने बिषयमा भिडियो अन्तरसंवाद भएको हो ।

भिडियो संवादमा युएनडिपीका प्रतिनिधीहरु बिपिन अधिकारी, भुषणराज श्रेष्ठ, राजबहादुर श्रेष्ठ र डिलादत्त पन्तले कोभिड १९ ले निम्त्याएको समस्या र समाधानका उपायहरु बारे सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ७ : १४ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि