६ श्रावण २०८३, बुधबार | July 22, 2026

ब्रिटिस कलेजमा नयाँ विषय ‘बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’को पढाई हुने



काठमाडौं । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्थाद ब्रिटिस कलेज (टीबीसी)ले बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई संचालन गर्ने भएको छ ।

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले यसै नोभेम्बर महिनाबाट सो विषयको पढाई संचालन गर्न लागेको हो ।

कलेजले कम्प्युटिङ डिग्रीलाई अझै परिष्कृत बनाउँदै बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाइ संचालन गर्न लागेको हो । यो नयाँ विषयको पढाई युर्निभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (युडब्लुई)को सम्वन्धनमा संचालन हुनेछ ।बेलायतमा इन्जिनियरिङ काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट पनि यो विषयलाई मान्यता दिइएको छ । साथै, टीबीसीमा पनि सैद्धान्तिक तथा प्रयोगात्मक क्षेत्रका विज्ञहरुले यो विषयको पढाईलाई संचालन गर्नेछन् ।

कोरोना भाइरस (कोभिड– १९)को महामारीको कारण नेपालमापछिल्लो समयइन्टरनेट प्रयोगकर्ताहरुको बृद्धि भएसँगै साइबर क्राइमको जोखिम पनि उत्तिकै रहेको हुँदा टीबीसीले संचालन गर्न लागेको यस विषयको पढाईलेकुशल साइबर सुरक्षा र डिजिटल फरेन्सिकका विद्यार्थीउत्पादनगर्ने कलेजले लक्ष्य लिएको छ । बढ्दो माग अनुसारको पढाई संचालन गर्दा विद्यार्थीहरुले उचित अवसर समेत प्राप्त गर्ने कलेजको विश्वासछ ।बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयविद्यार्थीहरुलाई कम्प्युटरमा आधारित गतिविधिहरुको जाँच, प्रविधियुक्त उपकरणहरुको उपयोग, र उपकरण तथा प्रविधिलाई सुरक्षा उल्लंघनबाटरोक्नको लागि यो विषयको डिजाइन गरिएको छ ।

कलेजका कार्यक्रम प्रमुख तथा एसोसिएट डीन अरुण जोशीले सो विषयको पढाईलाई सर्वसुलभ बनाएर डिजिटल नेपालको अवधारणलाई योगदान पु-याउने दावी गरेका छन् । जोशीका अनुसार पढाईलाई प्रभावकारी बनाउनको लागि अत्याधुनिकप्रयोगशालाको निर्माणको थालनी गरिएको छ । जसले गर्दा विद्यार्थीहरुले प्रविधिको क्षेत्रमा नयाँ कुराहरु सिक्ने अवसर पाउनेछन् ।

त्यस्तै, कलेजका मार्केटिङ हेड अमरदीप मण्डलले पनि टीबीसीले संचालन गर्न लागेको नयाँ विषयको पढाई वर्तमान समयको माग भएको बताए । ‘हालको समयमा बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको माग बढ्दो छ । यसै नोभेम्बरइन्टेकबाट यो विषयको पढाई हामीले संचालन गर्न लाग्दा हामी निकै उत्साहित भएका छौं । साथै, यस विषयको अध्यायन गर्ने विद्यार्थीहरुलेअन्तिम वर्ष बेलायतमा नै गएर अध्यायन पूरा गरेको खण्डमा पोस्ट स्टडी वर्क भिसाको लागि समेत प्रकृया अगाडि बढाउन सक्नेछन् ।’ मण्डलले भने ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ३ : ४२ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा