२० बैशाख २०८१, बिहिबार | May 2, 2024

सिता भण्डारी पौडेलको मृत्यु सम्बन्धमा बोल्यो प्रहरी, मृतक भण्डारीको ‘सुसाइड नोट’ सार्वजनिक



बुटवल । भाद्र ५ गते रहस्यमय मृत्यु भएकी तिलोत्तमाकी सिता भण्डारी पौडेलको मृत्युका सम्बन्धमा प्रहरीले अनुसन्धानको प्रगति सार्वजनिक गरेको छ । मृतक पौडेलको शव नबुझी लगातार आफन्त र स्थानीयले आन्दोलन गरिरहेका बेला प्रहरीले पौडेलले मृत्यु हुनु अघी लेखेको सुसाइड नोट सार्वजनिक गरेको हो ।

प्रहरीले आज सार्वजनिक गरेको पौडेलको सुसाइड नोटमा ……’मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरुकै काखबाट जन्मिन चाहान्छु, मलाई यो जिन्दगीबाट पुग्यो म सकिन बाँच्न’….लेखिएको उल्लेख गरिएको छ ।

मृत्युको लगत्तै आत्महत्याकारुपमा लिईएको सो मृत्युलाई मृतकका माइती पक्षले आत्महत्या हुन नसक्ने भन्दै जाहेरी दिएपछि प्रहरीले आत्महत्या दुरुत्साहन अन्तर्गतको मुद्दा दर्ता गरि अनसन्धान थालेको थियो । पोष्टमार्टम रिपोर्टमा आत्महत्या भएको पुष्टि भएको भन्दै जाहेरी लिन इन्कार गरेको प्रहरीले आफन्त सहित स्थानीयले आन्दोलन थालेपछि भने मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले आज उपलब्ध गराएको अनुसन्धान विवरणमा मृतकको बुवा हरी प्रसाद भण्डारीबाट मृतकको श्रीमान टिका पौडेल र मृतकको आमाजु (दिदी) बिष्णु पौडेलको बिरुद्धमा आत्महत्या दुरुत्साहन जाहेरी दरखास्त प्राप्त भएको, प्रतिवादीहरु मृतकका श्रीमान टिका पौडेल, जेठाजु हरि प्रसाद पौडेल र आमाजु दिदी विष्णु पौडेललाई सम्मानित जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखि अनुसन्धान भई रहेको, भाद्र २९ गते बुवा हरि प्रसाद भण्डारीले पुनः ज्यान सम्बन्धी कसूरमा टिका पौडेल, बिष्णु पौडेल र हरि प्रसाद पौडेल बिरुद्ध जाहेरी दिएको र उक्त जाहेरी समेत मिसिल संलग्न राखी अनुसन्धान गरिएको उल्लेख गरेको छ ।

प्रहरीले अनुसन्धानका क्रममा मृतक र मृतकको श्रीमानको मोबाईल प्राविधिक विश्लेषणका लागि डिजिटल फाेरेन्सिक ल्यावमा पठाईएको, थप अनुसन्धानको लागी केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीबाट टोली खटि आई स्थलगत रुपमा प्राबिधिक विश्लेषण गरिएको, अनुसन्धानको क्रममा मृतक तथा निजको श्रीमान टिका पौडेलको टाइमलाइन विश्लेषण गरिएको, घटनास्थल नजिक प्राप्त सीसीटीभी फुटेजको विश्लेषण गरिएको, मृतक सिता भण्डारी पौडेलको विगतमा लेखिएको मेसेजको फन्ट पेट्राेन विश्लेषण गरिएको उल्लेख छ ।

त्यसैगरि मृतक सिता भण्डारी पौडेलको मोबाईल को सेवा प्रदायक निकाय संग एसएमएस माग गरी निजको श्रीमान टिका पौडेल संग भएको एसएमएस विवरण विश्लेषण गरिएको, डिजिटल फाेरेन्सिक ल्यावमा प्राबिधिक परीक्षणको लागी पठाईएको मृतक सिता भण्डारी पौडेलको घटनास्थलबाट बरामद अाइफाेन मोबाईलको नाेटमा भाद्र २० गते राति १२ बजेर १७ मिनेटमा लेखिएको सुसाइड नोट सहितको प्रतिवेदन प्राप्त भएको प्रहरीले जनाएको छ ।

सुसाइड नोटमा लेखिएको भाषा, शब्द र वाक्य सिता भण्डारीका यसअघिका एसएमएससँग मिल्दो रहेको समेत प्रहरीले दाबी गरेको छ ।

प्रहरीले अनुन्धानलाई तिब्र पारिउको बताएपनि मृतकका माइती पक्ष र आफन्त सहित स्थानीयले विगत २५ दिन देखि लगातार आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ८ : ३५ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक