२१ माघ २०८२, बुधबार | February 4, 2026

कर्मचारी सरुवामा विकृति: हचुवामा बाहिर सूची बन्दा त्रुटि नै त्रुटि



काठमाडौं । सरकारले हचुवामा कर्मचारी सरुवा गर्दा त्रुटि नै त्रुटि भेटिन थालेका छन् । सम्बन्धित मन्त्रालय र सिंहदरबारभित्र भन्दा पनि विभिन्न अमूक व्यक्तिको घर र आवासमा कर्मचारीको सरुवा सूची बनाएर सरुवा गरिँदा त्यस्ता सरुवा विवादित र त्रुटिपूर्ण देखिएको हो ।

नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने सहसचिवकै सरुवामा व्यापक त्रुटि देखिएको छ । यसो त कतिपय मन्त्रालयले गरेका शाखा अधिकृत तथा उपसचिवको सरुवामा समेत त्रुटि देखिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सरकारले केही दिनअघि मात्रै विभिन्न मन्त्रालय र निकायका गरी ८५ जना सहसचिवको सरुवा गरेको थियो । ती सरुवामध्ये एक दर्जन बढी संख्याका सहसचिवको सरुवामा त्रुटि देखिएको हो । सामान्यतय कुनै पनि मन्त्रालयले गर्ने सरुवामा त्रुटि भएमा सो मन्त्रालयले सरुवा सच्याउन सक्दैन ।

त्यसका लागि मन्त्रिपरिषदमा नै सच्याउने सम्बन्धी प्रस्ताव लैजानुपर्छ । ती सहसचिवको केही दिनअघि मात्रै सामान्य प्रशासन मन्त्रालयले नै काज सरुवा गरेको थियो । त्यसरी मन्त्रालयले गरेको सरुवा सम्बन्धित मन्त्रालयले सच्याउन नसक्ने भएकाले त्यसको प्रस्ताव मन्त्रिपरिषद्मा लैजानुपर्छ ।

अहिले मन्त्रालयमा मन्त्री नभएको र सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले आफैं हेरेको हुनाले पनि सरुवा संशोधन गर्न केही समस्या पर्न सक्ने बताइएको छ ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार केही स्थानमा दरबन्दी नै नभएको स्थानमा समेत सरुवा भएको पाइएको छ । केही सहसचिवको सरुवामा प्राविधिक समस्यासमेत परेकाले त्यसलाई मिलाउनुपर्ने देखिएको हो ।

सरुवामा त्रुटि गरिँदा सरुवा भएका कर्मचारीको मनोबलसमेत गिर्ने गरेको छ । सरकारले सरुवासम्बन्धी स्पष्ट मापदण्ड र वैज्ञानिक आधार बनाउँन नसक्दा सरुवामा विभिन्न समस्या देखिँदै आएको कर्मचारीको गुनासो छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ६ : ५९ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता